२३ असार २०८३, मंगलबार

हावाहुरी अझै केही दिन आउने

जेठ ८, २०७९
हावाहुरी अझै केही दिन आउने
फाइल तस्वीर

शुक्रबार   साँझ  आएको   हुरीबतासले   देशभर  ठूलो  मानवीय र  भौतिक क्षति पुर्‍यायो  ।

चितवनमा तीन  जना  र    काठमाडौँमा  रुखले  च्यापेर    एक  जनासहित  चार    जनाको    ज्यान  गयो    भने    अरू  १० जना घाइते  भएका छन् ।

हावाहुरीकै  कारणले  बिजुलीका  पोल  ढल्दा  धेरै ठाउँमा  विद्युत्  सेवा  अवरुद्ध छ ।

नेपालका विभिन्न भूभागमा हावाहुरीको  चाप केही दिन कायम रहने  अनुमान गरिएको  छ ।

मनसुन भित्र्याउन  सक्रिय  बनेको    स्थानीय  वायु  विकास  हुने   क्रम  तीव्र  बनेकाले   यसरी  वेगयुक्त  हावाहुरी  र  मेघगर्जनसहितको  चट्याङ आउने  सम्भावना पनि उत्तिकै  बढे को  विज्ञले  बताएका छन् ।

जल तथा मौ सम विज्ञान विभागका अनुसार  मनसुन भित्रिनुअघिको  गतिविधिका रूपमा हावाहुरी र    चट्याङयुक्त  वर्षालाई  लिइन्छ  ।

पूर्वमनसुनको    समय  हावाहुरी,  मेघगर्जन,  चट्याङ,  गर्मी  बढ्ने    समय  हो   । गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्