१७ असार २०८३, बुधबार

घर फर्किए म्यादी प्रहरी

जेठ ८, २०७९
घर फर्किए म्यादी प्रहरी

स्थानीय तहको  निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र  सफल बनाउने  उद्देश्यसहित भर्ना गरिएका म्यादी प्रहरी बिदा भएका छन् ।​  म्यादीको  अवधि सम्पन्न भएसँगै  उनीहरू बिदा भएका हुन् ।

नेपाल  प्रहरीका  प्रवक्ता  प्रहरी  वरिष्ठ  उपरीक्षक विष्णुकुमार   केसीले   स्थानीय  निर्वाचन  प्रयोजनका  लागि भर्ना गरिएका म्यादी प्रहरीको  म्याद पूरा भई उनीहरूलाई शनिबार   बिदा  गरिएको   जानकारी  दिए   ।  

म्यादी  प्रहरी बिदा भएसँगै  मतदान हुन बाँकी र  मतगणना भइरहेको  स्थानमा  स्थायी  नेपाल  प्रहरीलगायतका  सुरक्षाकर्मी  थप गरिएका छन् ।

स्थानीय तहको  निर्वाचनमा खटाउन चालीस दिनका लागि देशभरि  एक लाख जना म्यादी प्रहरी भर्ना गरिएको  थियो  । गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्