×

NMB BANK
NIC ASIA

दलीय घेरा तोड्दै धनगढी उपमहानगरमा हमालको उदय, फराकिलो मतान्तरणले विजयी

जेठ ८, २०७९

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

राजनीतिक दलीय किल्ला भत्काउँदै धनगढी उपमहानगरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको उदय भएको छ ।

Muktinath Bank

सत्ता गठबन्धन र नेकपा एमालेका उम्मेदवारलाई फराकिलो मतान्तरले हराउँदै धनगढी उपमहानगरपालिकाको मेयर हमालमा निर्वाचित भएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका निवर्तमान मेयर नृपबहादुर वडलाई. १२ हजार ४८ .मतले हराउँदै उनी विजयी भएका छन् । हमालले २६ हजार ८६५ मत पाएका छन् भने वडले १४ हजार ८१७ मत पाए । नेकपा एमालेका उम्मेदवार रणबहादुर चन्द ९ हजार ११५ मतका साथ तेस्रो स्थानमा खुम्चिन पुगेका छन् ।


Advertisment
Nabil box
Kumari

गोपाल हमाल

Vianet communication
Laxmi Bank

उपमेयरमा नेकपा एमालेकी कन्दकला राना विजयी भएकी छिन् । सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रबाट उम्मेदवारी दिएकी शान्ति अधिकारी क्षेत्रीलाई २ हजार ८०९ मतले पराजित गर्दै उनी विजयी भएकी छन् । रानाले १५ हजार ४७९ मत प्राप्त गरेकी छन् भने अधिकारीले १२ हजार ६७० मत पाएकी छन् ।

नन्दकला राना

९३ हजार १५१ मतदाता रहेका धनगढीमा जम्मा ६८.०४ प्रतिशत अर्थात् ६३ हजार ७१५ मत खसेको थियो ।

यसअघि को–को जिते धनगढी क्षेत्रमा ?

सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीमा २०४६ सालको राजनीतिक परिवर्तनपछि भएको पहिलो स्थानीय चुनावमा नेपाली कांग्रेसले प्रमुख, उपप्रमुखसहित अधिकांश वडामा जीत हासिल गरेको थियो । २०५४ सालमा एमाले विजयी भएको थियो ।

धनगढी उपमहानगरपालिका सहितको तत्कालीन ३ नम्बर क्षेत्रमा २०४८ सालको आम निर्वाचनमा कांग्रेस विजयी भएको थियो भने २०५१ सालको मध्यावधि निर्वाचनमा एमालेले जितेको थियो ।

२०५६ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पुनः कांग्रेसले जीत हासिल गरेको थियो । २०६२/०६३ को दोस्रो जनआन्दोलनपछिको पहिलो संविधानसभा सदस्य निर्वाचन २०६४ मा धनगढीसहितको ६ नम्बर क्षेत्रबाट माओवादी केन्द्र विजयी भएको थियो ।

संविधान सभाको दोस्रो निर्वाचन २०७० मा ६ नम्बर क्षेत्रबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विजयी भएका थिए । निर्वाचनमा देउवा डडेल्धुराबाट पनि निर्वाचित भएका थिए ।

निर्वाचनपछि देउवाले कैलाली–६ छाडेपछि भएको उपनिर्वाचनमा नेपाली कांग्रेसबाट पुस्करनाथ ओझा विजयी भएका थिए । २०७४ सालको संघीय निर्वाचनमा धनगढी सहितको ५ नम्बर क्षेत्रबाट एमालेका नारदमुनि राना विजयी भएका थिए ।

२०७४ सालको मत परिणाम

२०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका वड १४ हजार ३२४ मत ल्याई बिजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी हालका नवनिर्वाचित मेयर हमालले ११ हजार ५२७ मतमा चित्त बुझाउनुपरेको थियो । नेकपा माओवादी केन्द्रका उम्मेदवार रामसमझ राना १० हजार २०९ मत ल्याउँदै तेस्रो स्थानमा थिए भने एमालेका उम्मेदवार दुर्गा जोशी ९ हजार ९४६ मतमा सीमित भएका थिए । राप्रपाका विष्णु शाहले ८२८ मत, मधेशी जनाधिकार फोरमका प्रेमकुमार बिसीले ४५९ मत र जनमोर्चाका कृष्णप्रसाद चौधरीले २१६ मत प्राप्त गरेका थिए ।

अघिल्लो निर्वाचनमा धनगढीका जम्मा मतदाता ७६ हजार ४३० जना थिए । त्यसताका ८७.११ प्रतिशत मत खसेको थियो भने २ं.११ प्रतिशत मत बदर भएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ १०, २०७९

तनहुँका १० पालिकाको प्रमुखमा महिला नेतृत्व शून्य भएको छ । विसं २०७४ को स्थानीय तह निर्वाचनबाट म्याग्दे गाउँपालिकाको अध्यक्षमा मायादेवी राना निर्वाचित भएर एक्लो पालिका प्रमुखको जिम्मेवारी निर्वाह गरेकी उनी यसपटकक...

जेठ १०, २०७९

मेचीनगर नगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले)का गोपालचन्द्र बुढाथोकीले २६ हजार ४७८ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका इन्द्रबहादुर बुढाथोकीले २१ हजार ३११ मत प्राप्त गरे...

जेठ ९, २०७९

तुलसीपुर उपमहानगरपालिकामा ४९ हजार ३३ मत गणना भएको छ । उपमहानगरको मेयर पदमा नेकपा एमालेका टिकाराम खड्काले २० हजार ८९४ मतसहित अग्रता कायम राखेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गेहेन्...

जेठ १२, २०७९

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका रामकृष्ण खाँणले अग्रता कायमै राखेका छन् । सो नगरपालिकामा अब  ८९० मत गन्न बाँकी हुँदा खाँण ८९० नै मतले अगाडि रहेका हु...

कात्तिक २०, २०७४

काठमाडौं, २ जेठ - ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसले अग्रता ल्याएको छ । ललितपुरमा कांग्रेसका उम्मेदवार चिरिवावु महर्जनले ३००२ भोट ल्याउँदै अग्रता लिएका छन् । कांग्रेसबाट उप मेयरका उम्मेदवारले १९ सय २३ म...

जेठ १२, २०७९

स्थानीय तह निर्वाचनमा १४ हजार ४०२ महिला निर्वाचित भएका छन् । हालसम्म परिणाम सार्वजनिक भएका पालिकाको अन्तिम मतपरिणामका आधारमा निर्विरोधसहित उक्त सङ्ख्यामा महिला निर्वाचित भएका हुन् ।  सो आँकडाका आधारमा ४...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x