
रुसले लिथुएनियालाई विद्युत् आपूर्ति बन्द गरेको त्यस देशको विद्युत् सञ्चालक संस्था लिटग्रिडले जनाएको छ ।
रुसबाट बिजुली ल्याउने संस्था इन्टर आरएओले विद्युत् आपूर्ति ठप्प भएको पुष्टि भएको छ । केही दिनअघि इन्टर आरएओको नर्डिक शाखाले फिनल्यान्डलाई पनि विद्युत् आपूर्ति रोकेको थियो ।
शुक्रवार लिथुएनियाको ऊर्जा मन्त्रालयले रुसी विद्युत् किन्न बन्द गर्ने घोषणा गरेको थियो।
रुसबाट बिजुली नआएपछि लिथुएनियाले स्थानीय पावर प्लान्ट र अन्य युरोपेली मुलुकहरूबाट आयात गर्ने योजना बनाएको छ । स्विडन, पोल्यान्ड र लाट्भियासँग बिजुली किन्ने योजना रहेको लिटग्रिडका सीईओ रोकास मासिउलिसले बताए ।
रुसी आयातले लिथुएनियाको विद्युत् उपभोगको ३० प्रतिशत भाग ओगटेको कम्पनीको भनाइ छ ।
गत अप्रिल महिनामा लिथुएनियाले रुसको ग्यास आयात बन्द गरेको थियो । उसले रुसी तेल किन्न पनि अस्वीकार गरेको छ ।