०६ साउन २०८३, बुधबार

बेलायती पत्रकार पिटर हिचेन्स लेख्छन्– युक्रेनी राष्ट्रवादीहरू चरम जातिवादी

जेठ ८, २०७९
बेलायती पत्रकार पिटर हिचेन्स लेख्छन्– युक्रेनी राष्ट्रवादीहरू चरम जातिवादी

बेलायी पत्रकार पिटर हिचेन्स युक्रेनका राष्ट्रवादीहरू अश्वेत जातिका मानिसप्रति चरम असहिष्णु रहेको कुरा युरोपेलीलाई थाहा नहुनु आश्चर्यजनक भएको बताउँछन् । 

द डेली मेल पत्रिको अन्लाइन संस्करण मेल अन्लाइनमा हिचेन्सले लेखे, ‘युरोपमा लगभग कसैलाई पनि युक्रेनी राष्ट्रवादको खराब जातिवादी जरोका बारेमा थाहै छैन । युरोपमा अज्ञानताको यस्तो लहर यसअघि मैले देखेको थिइनँ । मैले अक्सफोर्डकी एक वैज्ञानिकलाई युक्रेनीहरूले सन् २०१४ मा क्राइमिया पुग्ने जलआपूर्ति रोकेको भन्दा उनी छक्क परिन् ।’

शिक्षित बेलायती महिलालाई पनि युक्रेनीहरूको जातिवादी सोचका बारेमा कुनै जानकारी रहेनछ । 

युक्रेनमा रुसीभाषीमाथि गरिएको चरम विभेदका बारेमा युरोपमा धेरैलाई थाहै छैन ।

‘युक्रेनले रुसीभाषीमाथि गरेको विभेद जस्तै क्यानडाले फ्रान्सेली भाषा बोल्नेहरूमाथि भेदभाव गरेमा अन्तर्राष्ट्रिय रूपमा त्यसको निन्दा हुनेछ,’ हिचेन्सले लेखे ।
 

salt training

कमेन्ट गर्नुहोस्