
तनहुँको व्यास नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका बैकुण्ठ न्यौपानेले अग्रता कायम राखेका छन् ।
पछिल्लो मत परिणामअनुसार स्वतन्त्र रूपमा उम्मेदवारी दिएका पूर्वमन्त्री गोविन्दराज जोशीका छोरा समेत रहेका दीपकराज जोशी ४७५ मतले पछि परेका छन् ।
कांग्रेस उम्मेदवार बैकुण्ठ न्यौपानेले ११ हजार ४०५ मत पाउँदा जोशीले १० हजार ९३० मत पाएका छन् ।
व्यास नगरपालिकामा कुल ३० हजार २४७ मत खसेको थियो । अब २ हजार १९२ मत गन्न बाँकी रहेको छ ।