२६ जेठ २०८३, मंगलबार

राजधानीको वनस्थलीमा स्कुटर दुर्घटना हुँदा एकको मृत्यु

राजधानीको वनस्थलीमा स्कुटर दुर्घटना हुँदा एकको मृत्यु

काठमाडौँको वनस्थलीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोटको पञ्चकन्या गाउँपालिका–४ घर भई काठमाडौँको तारकेश्वर नगरपालिका बस्दै आएका २० वर्षीय राज दोङ रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनको आज उपचारका क्रममा मृत्यु भएको हो ।

काठमाडौँ महानगरपालिका–१६ वनस्थली चोकमा बा४ख ५७३९ नंको बस र बा५७प ३४४४ नंको स्कुटर एकापसमा ठोक्किएका थिए । गम्भीर घाइते दोङको नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो ।  

salt training

कमेन्ट गर्नुहोस्