×

NMB BANK
NIC ASIA

एकीकृत समाजवादी ५२ जिल्लामा शून्य, कुन पार्टीले कति पालिका जिते ?

जेठ ९, २०७९

NTC
Premier Steels

स्थानीय तह निर्वाचनको परिणाम आउनेक्रम अन्तिम चरणमा रहिरहँदा कतिपय जिल्लामा प्रमुख राजनीतिक दल कांग्रेस, एमाले र माओवादी केन्द्र नै शून्य अवस्थामा पुगेका छन् ।

Muktinath Bank

हालसम्मको चुनावी परिणामअनुसार एकीकृत समाजवादी ५२ जिल्लामा, माओवादी केन्द्र २६ जिल्लामा, एमाले १० जिल्लामा र कांग्रेस २ जिल्लामा शून्य भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आइतवार रातिसम्म विभिन्न जिल्लाका ७१५ स्थानीय तहको मतगणना सम्पन्न भएर परिणाम सार्वजनिक भइसकेको छ भने अब ५ महानगरपालिकासहित ३८ स्थानीय तहको परिणाम आउन बाँकी छ ।


Advertisment
Nabil box
Kumari

आइतवार रातिसम्मको परिणामअनुसार नेपाली कांग्रेसले ३१४ स्थानमा प्रमुख जितेको छ भने नेकपा एमालेले १९३, माओवादी केन्द्रले १२०, नेकपा एकीकृत समाजवादीले १७, जनता समाजवादी पाटीले २९ र लोकतान्त्रिक समाजवादी पार्टीले १४ स्थानमा जितेका छन् ।

Vianet communication

हालसम्मको परिणामअनुसार माओवादी केन्द्रले २६ जिल्लामा कुनै पनि पालिकाको प्रमुख पदमा जित हासिल गर्न नसकेको हो । एमालेले १० र कांग्रेले २ जिल्लामा कुनै पनि जित हासिल गर्न सकेनन् ।

कांग्रेसले पूर्वी रुकुम र दार्चुलाका कुनै पनि स्थानीय तहमा प्रमुख जित्न सकेन । पूर्वी रुकुमका ३ वटा पालिकामा माओवादी र एमालेले प्रमुख र उपप्रमुख पद जित्दा कांग्रेस भने निल अवस्थामा पुगेको हो ।

एमालेले सर्लाही, गोरखा, पूर्वी रुकुम, बाँके, कालीकोट, जुम्ला, रुकुम पश्चिम, मुगु, हुम्ला र डडेल्धुराका कुनै पनि स्थानीय तहको प्रमुख पदमा जीत हासिल गर्न सकेन । तीमध्ये गोरखा, बाँके, जुम्ला, रुकुम पश्चिम, हुम्ला र डडेल्धुरामा एमाले निल भएको छ । यी जिल्लामा एमाले प्रमुख र उपप्रमुख दुवै पदमा आउन सकेन ।

माओवादी केन्द्रले जित्न नसकेका २६ मध्ये १४ जिल्लामा उपप्रमुख पदमा समेत माओवादी केन्द्रका उम्मेदवार विजयी हुन सकेनन् । इलाम, झापा, सुनसरी, पर्सा, महोत्तरी, काठमाडौं, चितवन, रसुवा, कास्की, नवलपरासी पूर्व, मुस्ताङ, स्याङ्जा, रूपन्देही र बाजुरा गरी १४ जिल्लामा प्रमुख र उपप्रमुख दुवै पदमा माओवादी केन्द्र निल भएको हो ।

माओवादीले तेह्रथुम, धनकुटा, मोरङ, संखुवासभा, भक्तपुर, ललितपुर, पर्वत, मनाङ, म्याग्दी, लमजुङ, अर्घाखाँची, कपिलवस्तुमा प्रमुख पदमा जितेको छैन ।

देशभर २९ स्थानीय तह जितेको जसपाले ६२ जिल्लामा प्रमुख वा उपप्रमुख दुवै पदमा १ सिट पनि जित्न सकेन । जसपाले महोत्तरीका ५, सिराहाका ४, धनुषा, पर्सा, बारा र सप्तरीका ३/३ र सर्लाहीका २ स्थानीय तहमा प्रमुख जितेको छ भने ओखलढुंगा, सुनसरी, रौतहट, कपिलवस्तु र रूपन्देहीमा १/१ स्थानीय तहको प्रमुख जितेको छ ।

देशभर १७ स्थानीय तहको प्रमुख जितेको नेकपा एकीकृत समाजवादीले ५२ जिल्लाका स्थानीय तहमा प्रमुख वा उपप्रमुख जित्न सकेन । एमाले विभाजनपछि जन्मिएको समाजवादी २५ जिल्ला सीमित भएको हो । समाजवादीले यीमध्ये इलाम, उदयपुर, सिराहा, रौतहट, दोलखा, काभ्रे, धादिङ, मकवानपुर, चितवन, सल्यान, डोल्पा, मुगु, बझाङ र कैलाली गरी १४ जिल्लामा मात्रै प्रमुख पदमा जितेको हो ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले १४ स्थानमा जितेको छ । यो पार्टी सप्तरी, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रूपन्देही र कपिलवस्तु गरी ८ जिल्लामा सीमित भएको छ । लोसपाले महोत्तरीमा ५, बारा र सप्तरीमा २/२ र पर्सा, रौतहट, सर्लाही र कपिलवस्तुमा १/१ स्थानीय तह जितेको छ । राजधानीमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x