
ललितपुरको सातदोबाटोस्थित ब्राइट फ्युचर कलेजमा अध्ययनरत एक विद्यार्थी सम्पर्कबिहिन भएका छन् ।
मंगलवार राति सवा ८ बजेदेखि सरोज लिम्बु सम्पर्कबिहिन भएको र खोजी कार्य भइरहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता एसपी सिद्धिविक्रम शाहले जानकारी दिए ।
बा२१प ८२७० नम्बरको उनको मोटरसाइकल समेत नभेटिएको प्रवक्ता शाहको भनाइ छ ।
लिम्बुको अन्तिम ठेगाना ललितपुरको लेले देखिएपछि रातभर त्यसआसपास खोजी गरिएको उनले जानकारी दिए ।
उनले भने,‘हिजो रातभर लेले आसपासमा खोज्यौं, तर फेला परेका छैनन् ।’
लिम्बु मंगलवार बिहान पौने १० बजेसम्म पनि सम्पर्कमा नआएका छैनन् ।