काठमाडौं, १९ पुस — अस्ट्रेलियाको मेलबर्नमा रहेका लोकप्रिय समुद्री तटमा तूफानका कारण दिसा छरिएकाले पानी फोहोर भएको छ । पौडी खेल्नेहरूलाई यस्तो फोहोर पानीमा नजान चेतावनी दिइएको छ ।

भिक्टोरियाको वातावरण संरक्षण प्राधिकरणले पोर्ट फिलिप बे स्थित २१ देखि ३६ समुद्री किनारमा पानीको गुणस्तर अत्यन्तै खराब रहेको बताएको छ ।
फोहोर पानीमा पेट खराब हुने तत्व विद्यमान हुन्छन् । यसले केटाकेटी र वृद्ध दुवैलाई असर पार्छ ।
समुद्री किनारमा घोडाको, गाईको र मान्छेको दिसा छरिएका छन् ।
शहरका फोहोर कुरा सबै समुद्रमा मिसिएको पाइयो ।
अबको दुई दिनभित्र स्थिति सामान्य हुने वातावरणविज्ञले बताएका छन् ।
बीबीसी