२९ जेठ २०८३, शुक्रबार

बलात्कारसम्बन्धी कानूनमा हदम्याद खारेज गर्न माग

बलात्कारसम्बन्धी कानूनमा हदम्याद खारेज गर्न माग

महिला अधिकारकर्मीले बलात्कारसम्बन्धी कानूनमा तत्काल संशोधन गरी हदम्याद खारेज गर्न माग गरेका छन् । उनीहरूले नाबालिग, किशोरी तथा महिलाको भयरहित वातावरणमा स्वतन्त्र एवं सुरक्षित भई बाँच्न पाउने अधिकार सुनिश्चित गर्न बलात्कारसम्बन्धी फितलो कानूनलाई तत्काल संशोधन गर्न, पीडितलाई तत्काल न्याय दिलाउनसमेत सरोकारवाला निकायको ध्यानाकर्षण गराएका हुन् । 

समृद्धि फाउण्डेसन नेपालको आयोजनामा आज विभिन्न संघसंस्थाका महिला अधिकारकर्मी तथा सञ्चारकर्मीले राष्ट्रिय महिला आयोग पुगेर सो विषयमा ध्यानाकर्षण गराएका थिए । 

फाउण्डेसनका अध्यक्ष संगीता श्रेष्ठले आयोगका सदस्य कृष्णकुमारी पौडेल खतिवडालाई ध्यानाकर्षण पत्र बुझाउँदै हालै मात्र एक युवतीले सार्वजनिक गरेको आठ वर्षअघि आफू बलात्कार भएको घट्नाले सिंगो समाजलाई स्तब्ध बनाएको उल्लेख गरिन् । 

ती युवतीले सन् २०१४ मा आफूले भाग लिएको मिस ग्लोबल इन्टरनेशनल नामक एक सौन्दर्य प्रतियोगिताका आयोजकले आफूलाई झुक्याएर नशालु पदार्थ पिलाइ, बलात्कार गरी, बेहोसी अवस्थामा नग्न तस्वीर खिची त्यसैलाई आधार बनाएर डराइ धम्काइ, ब्ल्याकमेल गरी ६ महिनासम्म आफूलाई बारम्बार बलात्कार गर्दै आएको सार्वजनिक गरेकी थिइन् । त्यसताका उनको उमेर मात्र १६ वर्ष रहेको उनले बताएकी छन् । 

बलात्कार आरोप लागेका मनोज पाण्डे पक्राउ परेका छन् । प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्