०९ साउन २०८३, शनिबार

झिनो मतले मेयरमा हारेपछि दीपकराज जोशीले भने- पैसा बाँड्न र मारपिट गर्न सकिनँ

झिनो मतले मेयरमा हारेपछि दीपकराज जोशीले भने- पैसा बाँड्न र मारपिट गर्न सकिनँ

तनहुँको व्यास नगरपालिकाका स्वतन्त्र मेयर उम्मेदवार दीपकराज जोशीले आफूले व्यहोर्नु परेको हारको कारण खुलाएका छन् । सोमवार फेसबुकमार्फत् उनले हारको कारण खुलाएका हुन् । 

उनले भोट किन्न नसक्नु, पैसा बाँड्न नसक्नु, मदिरामा खर्च नगर्नु, मारपिट गर्न नसक्नु, भ्रम फैलाउन नसक्नु, सुरा सुन्दरी र सम्पत्तिप्रति आशक्ति नहुनुलगायत हारका कारण रहेको बताएका छन् । 

यस्तै उनले झिनो मतले एउटा स्वतन्त्र उम्मेदवार हार्नु भनेको जित्नु बराबर भएको बताएका छन् । ‘किनभने दलीय व्यवस्थामा कुनै पार्टी र यसको छत्रछायाँमा नरही मतदान गर्न सक्ने युवाहरुको जमात हुनु भनेकै परिवर्तनको चाहना अहिलेको पुस्तामा छ भन्ने कुराको संकेत हो,’ उनले लेखेका छन् । 

जोशी नेपाली कांग्रेसका बैकुण्ठ न्यौपानेसँग २५२ मतले पराजित भएका हुन् । 

‘जितको एउटा गुन्जायसले मात्रै पनि एउटा परिवर्तनका लागि केही गर्छु भन्ने एउटा मौका केही समयका लागि पर सारेको छ । केही छैन तपाईंको यो माया र विश्वासको अनादर गर्ने छैन,’ उनले भनेका छन्, ‘म व्यास नगरपालिकाप्रतिको मेरो दायित्व सदैव निभाउने प्रयास गर्नेछु । व्यास नगरवासीले गर्नुभएको मायाको सदैव ऋणी छु, जसलाई जीवनको अन्तिम समयसम्म चुकाउने भरमग्दुर प्रयास गर्नेछु ।’

साथै उनले आफूलाई मतदान गर्ने मतदाताहरूप्रति आभार पनि व्यक्त गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्