०६ साउन २०८३, बुधबार

ताइवानको सुरक्षाका लागि सैन्यबल समेत प्रयोग गर्ने बाइडनको दाबी

जेठ ९, २०७९
ताइवानको सुरक्षाका लागि सैन्यबल समेत प्रयोग गर्ने बाइडनको दाबी

अमेरिकाका राष्ट्रपति जो बाइडनले ताइवानमाथि चीनको आक्रमण भएको खण्डमा अमेरिकाले सैन्य हस्तक्षेप गर्ने बताएका छन् । 

जापान भ्रमणमा रहेका बाइडनले जापानी प्रधानमन्त्री फुमियो किशिदाको उपस्थितिमा यो घोषणा गरेका हुन् ।

रुसले युक्रेनमाथि आक्रमण गरेको सन्दर्भमा ताइवनालाई सुरक्षा गर्ने जिम्मेवारी झन् बलियो बनेको बाइडनको भनाइ छ ।

उनले भने, ‘हामी एक चीन नीतिको पक्षमा छौं । हामीले त्यसमा हस्ताक्षर गरेका छौं र त्यसैका आधारमा सबै सहमति गरेका छौं । तर ताइवानलाई बलपूर्वक लिने अवधारणा गलत छ ।’

तर चीनले सैन्यबल प्रयोग गरेर ताइवान हात पार्ने स्थिति आउने अपेक्षा नगरेको पनि बाइडनले बताए । 

त्यस्तो घटनाले समग्र क्षेत्रलाई अस्थिर बनाउने र यो अर्को युक्रेन जस्तो हुने उनको भनाइ छ । 

ताइवानका विषयमा अमेरिकाले अपनाएको रणनीतिक दुविधालाई बाइडनले यस बयानमार्फत त्यागेको जस्तो देखिएको छ । 

तर बाइडनको बयानलगत्तै ह्वाइट हाउसका एक अधिकारीले ताइवानका विषयमा अमेरिकाको अडानमा परिवर्तन नआएको बताएका छन् । एक चीन नीतिलाई अमेरिकाले नत्यागेको र ताइवान जलसन्धिमा शान्ति तथा स्थिरताको पक्षमा रहेको कुरालाई नै राष्ट्रपतिले दोहोर्‍याएको ती अधिकारीको भनाइ छ । 
 

salt training

कमेन्ट गर्नुहोस्