
दाङको तुलसीपुर उपमहानगरपालिकामा एमालेले अग्रता लिएको छ ।
५२ हजार ४३६ मत गनिसक्दा मेयर उम्मेदवार एमालेका टीकाराम खड्काले २२ हजार २१४ मतसहित अग्रता कायम गरेका छन् ।
कांग्रेसका गेहेन्द्र गिरी २० हजार ५३७ मतसहित उनलाई पछ्याइरहेका छन् ।
यस्तै उपप्रमुखमा एमालेकी स्यानी चौधरी २१ हजार ७३७ मतसहित अग्रस्थानमा छिन् । निकतटम प्रतिस्पर्धी नेकपा (एस)का जोगबहादुर राणाले १५ हजार ३०१ मत ल्याएका छन् ।