२५ जेठ २०८३, सोमबार

सत्तारुढ दल निकट विद्यार्थी संगठनद्वारा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध

सत्तारुढ दल निकट विद्यार्थी संगठनद्वारा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध

सत्तारुढ दल नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले पेट्रोलियमको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ । अखिल क्रान्तिकारीले सोमबार काठमाडौंको रत्न राज्यलक्ष्मी क्याम्पसमा विरोध पर्दशन गर्दै मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेको हो ।

विरोध पर्दशन​मा बोल्दै संगठनका महासचिव दिपेश पुनले जनताको ढाड सक्ने गरी भएको पेट्रोलियमको मुल्यवृद्धि फिर्ता गर्न माग गरे । उनले सरकारले मूल्यवृद्धि फिर्ता नगरे यसअघि जस्तो विरोध नभई निर्णयका आन्दोलन गर्ने बताए । 

आन्दोलनका एजेण्डा तय गर्न संयुक्त विद्यार्थी संगठनको बैठक जारी रहेको उनले जानकारी दिए ।  नेपाल आयल निगमले गएरातिदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो । 
आजै पेट्रोलियमको मूल्यवृद्धिविरुद्ध संयुक्त विद्यार्थी संगठनको बैठक पनि नेविसंघको कार्यालय अनामनगरमा बसेको  अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले जानकारी दिइन् । 


 

salt training

कमेन्ट गर्नुहोस्