२२ जेठ २०८३, शुक्रबार

वर्ल्ड भिजन इन्टरनेसनल नेपालका बहुक्षेत्रीय कार्यक्रममार्फत २ लाखभन्दा बढी बालबालिका  लाभान्वित

वर्ल्ड भिजन इन्टरनेसनल नेपालका बहुक्षेत्रीय कार्यक्रममार्फत २ लाखभन्दा बढी बालबालिका  लाभान्वित

नेपालमा विगत दुई दशकदेखि बालबालिकाको सम्बृद्धिको लागि काम गर्दै आएको बालबालिका  केन्द्रित विश्वव्यापी विकास तथा राहतमूलक गैरसरकारी संस्था वल्र्ड भिजन इन्टरनेसनल नेपालले नेपालका ग्रामीण 
तथा अर्ध–शहरी क्षेत्रमा अति जोखिममा रहेका बालबालिकाका र परिवारको जीवन सुधारका लागि प्रणाली सबलीकरण,  सेवा प्रवाह, नवप्रवर्तन र समाधानका क्षेत्रमा २०२१ मा आपूmले हासिल गरेका उपलब्धि तथा असल अभ्यासहरू प्रस्तुत गर्न आज काठमाडौँमा एक दिने गोष्ठीको आयोजना गर्‍यो ।

गोष्ठीमा बालबालिका, समुदायका प्रतिनिधि, सरकार, दाता, नागरिक समाज, सञ्चारकर्मी तथा साझेदार संस्थाहरूको सहभागिता थियो । 

कार्यक्रममा बोल्दै माननीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले भन्नुभयो, “आजका बालबालिका नै भोलिका देशका कर्णधार हुन । वर्ल्ड भिजन इन्टरनेसनल नेपालले २० औँ वर्षदेखि बालबालिकाको क्षेत्रमा गरेको लगानीले उनीहरुको समग्र विकासमा परिवर्तन ल्याउन मद्दत पुगेको छ । साथै नेपालमा महिलाहरुको शसक्तिकरणमा ल्न्इरक्ष्ल्न्इक को भूमिका महत्वपूर्ण रहेको छ । हाम्रो समाजमा अधिकांश महिलाहरुले घरमा कुनै न कुनै हिंसाहरु सहनु परिरहेको छ । महिला हिंसालाई अन्त्य गर्न उनीहरुको क्षमता विकास र आर्थिक उन्नतिको क्षेत्रमा सहयोग गर्नु पर्ने देखिन्छ । त्यसैले महिला तथा बालबालिकाको समृद्धिको लागि आउने दिनहरुमा पनि वर्ल्ड भिजन सहित सबै गैससहरुले सकारात्मक भूमिका रहन्छ भन्ने कुरामा बिस्वस्त छु । 

उक्त कार्यक्रममा वर्ल्ड भिजन इन्टरनेसनल नेपालका निमित्त राष्ट्रिय निर्देशक अनुभव अधिकारीले भन्नुभयो, “सन् २०२१ चुनौतीपूर्ण वर्ष भएतापनि, वर्ल्ड भिजन इन्टरनेसनल नेपालले साझेदार, बालबालिका र समुदायसँगको सहकार्यमा शिक्षा, स्वास्थ्य, संरक्षण र जिविकोपार्जन कार्यक्रमहरु मार्फत दुई लाख बिस हजार बालबालिकासहित तिन लाख तिन हजारभन्दा बढी व्यक्तिहरूको जीवनमा सकारात्मक प्रभाव पार्न सफल भएको थियो । हाम्रा साझेदारहरूसँगको सहकार्यका साथ आगामी वर्षहरूमा वर्ल्ड भिजनको जीवनको सम्पूर्णता उदेश्य अनुसार नेपालमा जोखिममा परेका बालबालिका र समुदायहरूलाई योगदान दिन जारी राख्ने हाम्रो प्रतिबद्धता हो ।” 

२०२१ मा ५ वर्ष मुनिका १९,३९५ बालबालिकाको वृद्धि अनुगमन गरिएको थियो; १६,८७५ स्थानीय रूपमा सान्दर्भिक र विकासात्मक रूपमा उपयुक्त पठन सामग्री समुदायमा–आधारित अध्ययन शिविरहरूलाई वितरण भयो र ४,५९७ परिवारहरूलाई कृषिको उत्पादकत्व बढाउन कृषि सामग्रीहरू प्रदान गरियो । वर्ल्ड भिजन इन्टरनेशनल नेपालले कोभिड–१९ को दोश्रो लहरले ल्याएको आपत्कालिन अवस्थामा आफ्नो कभर परियोजना–२ मार्फत अत्यावश्यक राहत तथा सहयोगका कार्यक्रमहरु संचालन गर्‍यो जसबाट ८,६१२ घर परिवारका ६६,२९४ जोखिममा रहका बालबालिका र १,३५,६१४ वयस्क व्यक्तिहरु लाभान्वित भए । बालमैत्री स्थानीय शासनको क्षेत्रमा वल्र्ड भिजन इन्टरनेसनल नेपालको “नेपाली जुटौँ बाल विवाह रोकौँ” नामक हाम्रो प्रमुख अभियानको नतिजा पनि उत्साहजनक देखियो । २०२१ मा वर्ल्ड भिजन इन्टरनेसनल नेपालद्वारा समर्थित कूल १३ वटा बालमैत्री स्थानीय शासनका घोषणा प्रक्रियाहरू भए । 

उक्त गोष्ठीमा वर्ल्ड भिजनको लागि दक्षिण एशिया तथा प्रशान्त क्षेत्रको अगुवा चेरीयन थोमसको उपस्थिति थियो । उहाँले जोखिममा रहेका बालबालिकाका, परिवार तथा समुदायको जीवन सुधारका लागि एकीकृत प्रयास हुनुपर्नेमा जोड दिनु भयो । साथै वर्ल्ड भिजन इन्टरनेसनल नेपाललाई लगातार सहयोग गर्ने दाता र उहाँले धन्यवाद ज्ञापन गर्नु भयो । 

salt training

कमेन्ट गर्नुहोस्