०५ साउन २०८३, मंगलबार

कार्यकर्तालाई गगनको निर्देशन– सरकारले छिट्टै मिति घोषणा गर्ला, चुनावको तयारीमा जुट्नुस्

कार्यकर्तालाई गगनको निर्देशन– सरकारले छिट्टै मिति घोषणा गर्ला, चुनावको तयारीमा जुट्नुस्

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मंसिर या फागुमा प्रतिनिधि सभाको चुनाव हुने भन्दै अहिलेदेखि नै तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका छन् । स्थानीय तह निर्वाचनबाट कांग्रेसको लोकप्रियता बढेकाले जनतालाई आश्वस्त तुल्याउने एजेन्डा लिएर चुनावमा जानुपर्ने उनले बताएका हुन् । 

नेपाली कांग्रेस भक्तपुरले स्थानीय तहमा निर्वाचित पदाधिकारीलाई बधाई दिन बुधवार आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले सरकारले केही समयमा चुनावको मिति घोषणा गर्ने भन्दै तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका हुन् । 

‘यो चुनावमा कांग्रेसलाई भोट दिने मतदाताको संख्या बढेको छ । सीट मात्र बढेको होइन मतदान गर्नेको संख्या बढेको छ । लोकप्रियता बढेको छ,’ थापाले भने, ‘अब मंसिर या फागुनमा निर्वाचनमा जान्छौं, सरकारले केही दिनमा निर्णय गर्ला । आम निर्वाचन लाग्यो तपाईंहरूले आजैबाट तयारी थाल्नुस् ।’ 

महामन्त्री थापाले अरूका गल्ती कमजोरी औंल्याउने भन्दा पनि जनतालाई आश्वस्त पार्नेगरी चुनावमा जानुपर्ने बताए । ‘हिजो कसले के गरेन भनेर होइन, पाँच वर्ष जिम्मा पाउँदा हामी के गर्छौं र हिजोको गल्ती कसरी दोहोर्‍याउन्नौं भनेर जानुपर्छ,’ थापाले भने । 

महामन्त्री थापाले मध्यपुर ठिमी र चाँगुनारायण नगरपालिकालाई भक्तपुर जस्तै नमूना बनाउने काममा लाग्न निर्वाचित पदाधिकारीहरूलाई निर्देशन दिएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्