![यस्तो छ प्रेमगञ्ज चलचित्रको 'तरबार' गीत [भिडियो]](https://lktcdn2.prixacdn.net/media/tarbar_songs_premgunj_McOgUe5TBo.jpg)
भदौ ३ गते रिलिज हुने नेपाली फिल्म प्रेमगञ्जको ‘तरबार’ बोलको गीत सार्वजनिक भएको छ । गीत काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक भएको हो ।
गीतमा ‘जो जीवनमा छ ऊ मनमा छैन, जो मनमा छ ऊ जीवनमा छैन’ भन्ने कुरालाई मूल रुपमा समेटिएको छ ।
कार्यक्रममा नायक तेज गिरीले फिल्म नेपाली कथावस्तुमा आधारित रहेको बताए । त्यस्तै नायिका बेनिसा हमालले आफूले आइटम डान्स पहिलो पटक गरेको र सकेसम्म डान्समा न्याय गरेको बताइन् ।
पुरुषोत्तम ढुंगेलको गीत र किरण भुसालको संगीतमा बनेको गीतमा दीक्षा थापा र सुरज साही ठकुरीको आवाज छ ।
गीतमा बेनिसा हमाल, तेज गिरी र सम्पदा बानियाँको अभिनय छ ।