०८ साउन २०८३, शुक्रबार

एमाले संसदीय दलको बैठक शुरू

एमाले संसदीय दलको बैठक शुरू

नेकपा एमाले संसदीय दलको बैठक बुधवार संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा शुरू भएको छ । 

विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र संसदमा पार्टीको भूमिकाबारे छलफल गर्न बैठक बसेको हो । 

संसदको अधिवेशन शुरू र अन्त्य भएपछि संसदीय दलको बैठक बस्ने विधानमा व्यवस्था छ । जेठ ३ गते अधिवेशन शुरू भए पनि नेताहरू चुनावमा व्यस्त भएका कारण बैठक बस्न सकेको थिएन । संसदीय दलको बैठक नै नबसी एमालेले संसदमा जारी अवरोध हटाएको थियो । 

बैठकलाई संसदीय दलका नेता एवं अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् । 

ओलीले भोलि सरकारका नीति तथा कार्यक्रममाथि संसदमा धारणा राख्ने तयारी गरेको एमाले स्रोतले बताएको छ । 

salt training

कमेन्ट गर्नुहोस्