२९ जेठ २०८३, शुक्रबार

डब्लुएचओ प्रमुखमा टेड्रोस पुनः निर्वाचित

जेठ ११, २०७९
डब्लुएचओ प्रमुखमा टेड्रोस पुनः निर्वाचित

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) प्रमुखमा टेड्रोस अधानोम घेब्रेयसस दोस्रो कार्यकालका लागि मंगलबार पुनः निर्वाचित भएका छन् । निर्वाचनपछि उनले आफूलाई कमजोर पालनपोषणबाट हुर्केको ‘युद्ध प्रभावित बालक’ भनेर आफ्नो विगत सम्झिँदै आखाभरी आँसुसहित विश्व समुदायसँग शान्तिको लागि गरेको आग्रहले सहभागी सबैलाई भावुक बनाएको थियो।  

विश्व स्वास्थ्य संगठनको मुख्य वार्षिक सभामा उनको पुनः निर्वाचनबारे घोषणा गरिएको हो । उनलाई निर्वाचन हुनका लागि आवश्यकता भन्दा अत्यधिक धेरै अर्थात् करिब ९७ प्रतिशत मत प्राप्त भएको वार्षिक सभामा जानकारी गराइएको छ । उनलाई मतदानमा सहभागी १६० मध्ये १५५ मत प्राप्त भएको जनाइएको छ । 


 

salt training

कमेन्ट गर्नुहोस्