×

NMB BANK
NIC ASIA

एल्बम बिक्दैनन्, कसरी बाँचेका छन् कलाकार ?

कात्तिक २०, २०७४

NTC
Premier Steels
काठमाडौं, १९ पुस – प्रविधिको आधुनिकताले विश्वलाई खुम्च्याइदिएको छ । डिजिटल मिडियाको उदयसँगै नेपाली गीत,संगीतको प्रचारका लागि सहजता आएको छ ।

विगतमा गीतका क्यासेट, सिडी एल्बम बिक्री गरेर जीविकोपार्जन गर्दै आएका कलाकारको आजकल भने एल्बम बिक्न छाडेका छन् । समयक्रमसँगै डिजिटल मिडियाको स्वरूप फेरियो, तर कलाकार भने नयाँ मिडियामा प्रस्तुत हुन जानेनन्।

नेपाली लोक संगीत पहिले जुन गतिमा आउँथे, त्यस्ता गीतको सृजना पछिल्लो समयमा हुन छाडेको छ । डिजिटल प्रविधिको विकासले सिडी तथा क्यासेट बेचेर पैसा कमाउने स्थिति शून्य भएको छ ।
यसलाई कलाकारले सकारात्मक र नकारात्मक दुवै तरिकाले हेरेका छन् । तर लोकगीतको मौलिकता हराउँदै गएकोमा उनीहरू चिन्तित छन् ।

विभिन्न महोत्सव तथा कार्यक्रममा हुने दोहोरी गीतमा पुराना गीत मात्र गाइने गरेको लोक गायक पुरुषोत्तम न्यौपाने बताउँछन् । पछिल्लो पुस्ताले नयाँ गीत गाएपनि राम्रा गीत गाउन नसकेको उनको दाबी छ ।

‘अहिले नेपाली लोक संगीत संकटकालमा छ, डिजिटल प्रविधिले नेपालमा असर परेको छ,’ उनी थप्छन्, ‘नयाँ पिँढीलाई लोक संगीतमा लागिराख भन्ने सक्ने स्थिति अहिले छैन । अनि संस्कृति रहेन भने देशको पहिचान रहँदैन ।’
केही दशकअघि कलाकारले गीत गाएबापत पारिश्रमिक पाउँथे । लोकगीतको बजार राम्रो थियो । गीत बिक्रीबाट कलाकारले रोयल्टीमार्फत सात रुपैयाँसम्म पाउँथे । अहिलेको अवस्था भने त्यस्तो छैन ।

केही कलाकारबाहेक अरू कलाकारले गीत गाएर पैसा कमाउन सक्ने स्थिति छैन भन्छन् न्यौपाने । ‘दुई चार जना गायक चर्चामा आए भन्दैमा नेपाली संगीत क्षेत्रको स्थिति राम्रो छ भन्ने अवस्था छैन ।’

‘मिर्मी मुनी काली थुनेको’ ‘झिमझिम सानु नझिम्काउ परेली’, ‘गोरखा मनकामना’ जस्ता पुराना गीतले अहिलेका दोहोरी धानेका छन् भन्छन् न्यौपाने ।

उनी कलाकारका लागि सरकारले केही गर्न नसकेको गुनासो पनि गर्छन् । यो क्षेत्रमा लागेर कलाकारले आफ्नो भविष्य राम्रो देखेका छैनन् । त्यसैले चर्चामा आउनका लागि कलाकारले गीतमा अश्लीलता भित्र्याएको उनको बुझाइ छ ।

अर्का गायक विमलराज क्षेत्रीलाई भने अहिलेको लोक संगीतको माहोल धेरै नै राम्रो छ भन्ने लाग्छ । पहिले एक वर्षमा लाखौंको हाराहारीमा कमाउन सकिन्थ्यो भने अहिले उत्कृष्ट हुन सक्यो भने पाँच करोडसम्म कमाउन सकिन्छ भन्छन् क्षेत्री ।

‘डिजिटल प्रविधिले नेपाली लोक संगीतलाई झनै फाइदा पु–याएको छ,’ उनी भन्छन्, ‘अहिले एउटै गीतबाट पच्चीस हजारसम्म पाउने स्थिति बनेको छ, यो राम्रो हो ।’

नेपाली गीत संगीत ओरालो लाग्नुको कारण मेहनत नभएका कलाकार यस क्षेत्रमा प्रवेश गर्नु हो भन्ने लाग्छ क्षेत्रीलाई । ‘गाउँबाट आउँदाका भोलिपल्ट गायक मोडल बन्छ, तर वास्तविक संगीतकार हुनलाई गाह्रो छ,’ उनी थप्छन्, ‘स्टुडियोमा आएर गाउँदैमा सफल गायक बनिँदैन, मेहनत गर्नुपर्छ ।’

चर्चित लोकगायक इन्द्र जिसी गीत गाएर मात्र बाँच्न सकिने स्थिति नभएकोले गायकहरू म्युजिक कम्पोज गर्नतर्फ लागेको धारणा राख्छन् ।

अर्का चल्तीका गायक पशुपति शर्मा भने आफूले समय अनुसारका गीत गाउन सक्यो भने लोकगीत गाएर पनि बाँच्न सक्ने स्थिति सृजना हुने बताउँछन् । तर उनलाई लोकगीतको माहोल राम्रो बनिसकेको छ भन्ने लाग्दैन ।

रेडियो, टेलिभिजन तथा इन्टरनेटले नेपालको मौलिक संस्कृतिलाई ओझेलमा पारेको कलाकारहरूको चिन्ता छ । ‘गाउँगाउँमा बस्ने नेपालीले टिभीमा विदेशी गीत सुन्न थालेका छन् । लोकगीत कमजोर बन्दै जानुको कारण यही हो,’ उनीहरू भन्छन् ।

यो तर्कसँग कतिपय कलाकार सहमत भएपनि राजु परियार भने सहमत छैनन् । भन्छन्, ‘हामीले जस्ता खालका लोकगीत सृजना गर्नुपर्ने हो, त्यस्ता गीत सृजना गर्न सकेका छैनौं । समाजका गीत जन्मिन छोडेका छन् ।’

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्षसमेत रहेका बद्री पंगेनी नेपाली लोकगीतको क्षेत्र उराठलाग्दो बन्दै गएकोमा उदास देखिन्छन् । समाजका जुनसुकै क्षेत्रमा पनि विकृति भित्रिएको पंगेनीको धारणा छ ।

‘लोकगीतको स्थिति अत्यन्तै असहज छ । अहिलेको विश्व बजारमा जुन प्रविधि आएको छ, त्यो प्रविधिलाई हामीले उपयोग गर्न सकेका छैनौं,’ उनी थप्छन्, ‘केही चलेका कलाकारले मात्र महोत्सवबाट बाहेक अन्य कुनै तरिकाले पैसा आर्जन गर्ने माध्यम छैन ।’

नेपाली लोकगीतमा अश्लील गीत भित्रिने प्रवृत्तिलाई कसरी निरुत्साहित गर्न सकिन्छ भन्ने कुरालाई पनि लोकगीतकर्मीहरूले सोच्नुपर्ने उनी बताउँछन् ।

अश्लील गीत गाउने, अभिनय गर्ने, गीत लेख्ने कलाकारलाई असहयोग गर्ने कुरामा सबै कलाकारले हस्ताक्षर गरेको पंगेनी बताउँछन् ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

पुस १६, २०८०

युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे ।  ‘हावा चिसो चिसो’, ‘पानी परेको...

पुस २, २०८०

‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् ।  अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...

फागुन २८, २०८०

प्रकाश सपूत र सनिशा भट्टराईको अभिनयमा ‘फूलमाया कान्छी’ बोलको गीत सार्वजनिक भएको छ । सोमवार सार्वजनिक यो माया प्रेममा आधारित गीत हो । गीतमा योगेश काजी शाह र शान्तिश्री परियारको स्वर छ । यसमा कृष्ण...

मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x