१० साउन २०८३, आइतबार

विवेकशील साझाको अध्यक्षबाट राजीनामा दिएपछि मिश्रले  भने : मन लागे सिनेमामा अभिनय गरुँला

विवेकशील साझाको अध्यक्षबाट राजीनामा दिएपछि मिश्रले  भने : मन लागे सिनेमामा अभिनय गरुँला

रविन्द्र मिश्रले विवेकशील साझा पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएसँगै अब उनले के गर्लान् भन्ने प्रश्न र जिज्ञासा धेरै आउन थालेको  छ ।

सोचेअनुसार चुनावी परिणाम नआएपछि नैतिकताको  आधारमा बुधवार मिश्रले राजीनामा दिएका थिए । 

राजीनामा दिएपछि अब तपाईं के गर्नुहुन्छ  भनी धेरैले सोधिरहेको भन्दै मिश्रले त्यसको जवाफ बिहीवार फेसबूकमार्फत दिएका छन् । 

उनले आफूलाई भाग्यले कुनै गुनासो  गर्ने ठाउँ नदिएको बताउँदै अब आफूलाई केही आवश्यक नभएको बताएका छन् । 

उनले मन लागेमा सिनेमामा खेल्ने समेत बताएका छन् ।  

उनले लेखेका छन्,' कविता लेखौँला, किताब लेखौँला, परोपकारी काम गरुँला र, मन लाग्यो भने सिनेमामा अभिनय पनि गरौँला ।'

मिश्रले  यसअघि भनेका छन्,'मेरो राजनीतिको प्रमुख उद्देश्य “देशको दूरगामी हित र दशकौंसम्म जसको नाममा राजनीति गरियो र जसलाई राजनीतिको लाभले कहिल्यै स्पर्श गर्न सकेन तिनलाई स्पर्श गर्नु” थियो। त्यो सफलता अहिलेसम्म हासिल भएको छैन। त्यसका लागि “विचारभन्दा माथि देश” लाई राख्नै पर्छ भन्ने मेरो मान्यता हो। त्यसैलाई शिरोधार्य गर्दै म प्रयासरत रहिरहने छु। बाँकी, उपरवाले की इच्छा ।'

फेसबूकमा उनले एक वाचासमेत गरेका छन् ।

उनले भनेका छन्, …वाचा गर्छु: मबाट बेइमानी हुँदैन। यो समाज र देशलाई ठग्ने काम हुँदैन। “बरू नष्ट हुँला, भ्रष्ट हुन्न” भनेर मैले भन्ने गरेकै छु।'

फेसबूकमार्फत उनले पार्टीका नेताहरूलाई राजीनामा नदिन समेत आग्रह गरेका छन् ।

'पार्टीका कतिपय नेता तथा सदस्यहरूले राजीनामा दिन थाल्नुभएको या राजीनामा दिने तयारी गरेको देखियो। कृपया, त्यसो नगरिदिनु होला। कुनै पनि पार्टीको नेताले नाजुक चुनावी परिणाम आएपछि जे गर्नु पर्ने हो, मैले त्यही नै गरेको हुँ,' मिश्रले भनेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्