
आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ ।
कम्पनीको चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधवार सूचीकृत भएको हो ।
लघुवित्तको साधारण सभाबाट पारित भए बमोजिमको ७ लाख ३१ हजार ९५९ दशमलव ७६ कित्ता बोनस शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।
सूचीकृत बोनस शेयर साधारण सभाका लागि बुकक्लाजको अघिल्लो दिनसम्म कायम शेयरधनीहरुले डिम्याट खातामा प्राप्त गरेपछि धितोपत्रको दोस्रो बजारमा खरीद बिक्री गर्न सक्नेछन् ।
लघुवित्तले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयर धनीलाई १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
लघुवित्तको २०७८ मंसिर १० गते शुक्रबार सम्पन्न आठौं वार्षिक साधारण भसाले उक्त प्रस्ताव पारित गरेको थियो ।
साधारण सभाका लागि कम्पनीले कार्तिक ३० गते बुकक्लोज गरेकाले कार्तिक २९ गतेसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहेका शेयर धनीले मात्र उक्त सूचीकृत बोनस पाउनेछन् ।