×

NMB BANK
NIC ASIA

खजुरामा ५३ विद्यालय भवन निर्माण

जेठ १२, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

बाँकेको खजुरा गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउन भौतिक पूर्वाधारमा जोड दिएको छ । 

Muktinath Bank

गाउँपालिकामा जनप्रतिनिधि आएपछि शिक्षा क्षेत्रलाई विशेष प्राथमिकता दिएका कारण विद्यालयका संरचना तयार भएको गाउँपालिका शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लले जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनका अनुसार बितेको पाँच वर्षमा खजुरा गाउँपालिकामा ५३ विद्यालय भवन बनेका छन् । गाउँपालिकाले सङ्घ र प्रदेशको समेत सहयोग लिएर भवन बनाएको हो ।


Advertisment
Nabil box
Kumari

भौतिक पूर्वाधारको क्षेत्रमा आर्थिक वर्ष २०७४/७५ देखि २०७८/७९ सम्म आइपुग्दा करिब १२० कक्षाकोठा, नमूना विद्यालयको नियमित कार्यक्रम र सङ्घीय सशर्त अनुदानका दुईकोठे र चारकोठे भवन, प्रदेश सरकार, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम, गाउँपालिकास्तरबाट र विद्यालयको आन्तरिक स्रोत परिचालन गरेर भौतिक पूर्वाधारको क्षेत्रमा उल्लेखनीय सुधार गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले बताए । 

Vianet communication
Laxmi Bank

‘जहाँ विद्यार्थी, त्यही शिक्षक’ अभियान चलाएको खजुराले विद्यार्थी र शिक्षकको अनुपात मिलाएको छ । खजुराले ४० विद्यार्थी बराबर एक शिक्षकको मापदण्ड बनाएको छ । सङ्घीय हिसाबमा ५० विद्यार्थी बराबर एक शिक्षक पर्छ । 

पञ्चवर्षीय योजना बनाएको पालिकाले करार शिक्षक नियुक्ति गरेर विद्यालयमा पठाएको छ । एक शिक्षक बराबर ४० भन्दा बढी विद्यार्थी रहेको विद्यालयमा पालिकाले करारमा शिक्षक पठाएको केसीको भनाइ छ ।

स्थानीय सरकार आएपछि विद्यालयको सुक्ष्म व्यवस्थापनमा सहयोग गरेको छ । खानेपानी, शौचालय, खेलमैदान, विद्यालय भवन मर्मतसम्भारलगायत कार्यक्रममा सहयोग गरेको छ । 

खजुरामा निःशुल्क तथा अनिवार्य शिक्षा आधारभूत तहसम्म लागू गर्नका लागि पालिकास्तरबाटै वार्षिकरूपमा झण्डै रु ३८ लाख विद्यालयमा निकासा गरेपछि आधारभूत तहसम्म विद्यालय पूर्णरूपमा निःशुल्क भएका छन् । 

गाउँपालिकाले भवनसँगै शौचालय निर्माणदेखि आइटी ल्याब, शैक्षिक गुणस्तरीय कार्यक्रमअन्तर्गत विभिन्न सहयोग गरेको छ । 

सामुदायिक विद्यालय ३०, मदरसा १७ र निजी विद्यालय १८ गरी खजुरामा ६५  विद्यालय छन् । गाउँपालिकामा २१ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । विद्यार्थीको सङ्ख्याअनुसार भवन थप्ने, शिक्षक मिलाउने काम भइरहेको मल्लले बताए । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
चैत ६, २०८०

सरकारले शिक्षकको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तर...

फागुन ४, २०८०

‘म त रित्ता हातमा हतियार बनाइदिन्छु  तिमी होली भन म दिवाली बनाइदिन्छु  शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...

माघ २४, २०८०

‘डा.ओम फाउन्डेसन’ले ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ गर्ने भएको छ । प्रणय दिवस तथा सरस्वती पूजाको अवसरमा फाउन्डेसनका संस्थापक वर...

चैत २१, २०८०

काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरको शिक्षा विभागले आग्रह गरेको ह...

मंसिर २४, २०८०

सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्र...

कात्तिक २५, २०८०

पहाडी जिल्ला गुल्मीको दुर्गम क्षेत्रभित्र पर्छ गुल्मी दरबार गाउँपालिका । सोही गाउँपालिकाका दिदीभाइले गरेको मेहनतले अहिले सार्थकता पाएको छ ।  गुल्मी दरबार– ४ वीरबासका दिदीभाइ सोफिया चुदाली र सन्देश ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x