असार ७, २०७९
नेपाल उद्योग परिसंघले सूचना प्रविधि (आइटी) क्षेत्रको विषयमा सूचना तथा संचार प्रविधि मन्त्रालयसँग छलफल गरेको छ । परिसंघको आइटी काउन्सिलले सूचना तथा संचार प्रविधि मन्त्री माननीय ज्ञानेन्द्रबहादुर कार्की, स...
काठमाडाैं | जेठ १२, २०७९
व्यस्त समय, हतारको यात्रा, अनि बस टिकटका लागि घन्टौँको समय ।
सोच्दा पनि विरक्त लाग्ने त्यो समयलाई कसरी सरल बनाउने ?
विश्व डिजिटलाइजेसनमा अगाडि बढ्दै जाँदा नेपालमा पनि यो प्रश्न उठ्न बिस्तारै शुरू भएको थियो ।
हवाइ उड्ययनको टिकटदेखि अन्य सेवाहरूमा पनि डिजिटल माध्यम प्रयोग हुँदै गर्दा यात्रुबाहक बसमा भने उही पूरानै व्यवस्था ।
सोही अस्तव्यस्त बससेवालाई प्रणालीमा ल्याउन शुरू गरिएको थियो बससेवा डटकम ।
सन् २०१२ (२०६९) मा औपचारिक सञ्चालनमा आएको बससेवालाई पीआर खनालले आफ्नो नेतृत्वमा अगाडि बढाइरहेका छन् ।
कम्पनीले बससेवा सञ्चालनमा ल्याएर अनौपचारिक रहेको यातायात क्षेत्रलाई पनि डिजिटाइजेसनमा रुपान्तरण गर्न खोजेको हो ।
आकर्षण बढ्दै
करिब १० वर्षअघि शुरू भएको भएपनि अनलाइनबाट बसको टिकट लिने प्रचलन भने कमै पाइएको छ ।
आजभन्दा १० वर्ष अगाडि फर्किएर हेर्ने हो भने मुलुकमा भर्खरै मात्र डिजिटाइजेसन प्राथमिकतामा पर्दै गएको थियो । अझै भनौं यसमा अभ्यस्त हुन भने सहज थिएन ।
विस्तारै मानिसमा प्रविधिप्रतिको चासो र प्रयोग बढ्दै जाँदा र समयक्रमसँगै प्रविधि आवश्यक पर्दै जाँदा यसको महत्व बढ्न थालेको देखिएको छ ।
मुलुकको बससेवालाई डिजिटलाइज्ड गर्नका लागि नेतृत्वदायी भूमिका खेलिरहेको बससेवा डटकममा अहिले दैनिक १२ सयदेखि १५ सय टिकट काटिएका छन् ।
गत स्थानीय तह निर्वाचनका समयमा यो संख्या बढेर करिब २ हजार देखि २५ सयसम्म टिकट दैनिक काटिएका थिए ।
कसरी गर्छ काम ?
बससेवाको आधिकारिक वेबसाइट बससेवा डटकममार्फत यात्रीहरूले अनलाइन टिकट काट्न सक्ने व्यवस्था कम्पनीले मिलाएको छ ।
सारा नेपालीलाई जोड्ने लक्ष्य बोकेर अगाडि बढेको यस सेवा लिन वेबसाइटमा गएपछि सहजै टिकट लिन सकिन्छ ।
यसका लागि ग्राहकले आफू भएको ठाउँबाट जान चाहेको ठाउँको टिकट लिन सक्नेछन् ।
बिना झण्झट केही सेकेण्डमै आफूले रोजेको सिटका लागि टिकट लिन सकिनेगरी बससेवाले अनलाइन टिकट दिने गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत पिआर खनाल बताउँछन् ।
उनका अनुसार, आफूले कहाँ जान चाहेको हो ? त्यस ठाउँको लागि केही समयअगाडि नै टिकट काट्न सकिनेछ ।
कोरोनापछि बढ्दै अनलाइन टिकेटिङ
कोरोना महामारीपछि बससेवाको अनलाइन टिकट लिनेहरूको संख्या बढ्दै गइरहेको छ ।
सीईओ खनालका अनुसार कोभिड महामारीअघि दैनिक ९ सयदेखि ११ सयसम्म सिटहरू अनलाइनमार्फत बुकिङ हुन्थे ।
अहिले यो संख्या बढेर करिब १२ सय देखि १५ सयसम्म सिटहरूका लागि टिकट काटिने गरेको सीईओ खनाल बताउँछन् ।
२ सय ५० भन्दा बढी गन्तव्यका लागि टिकट काट्न सकिनेछ ।
ग्राहक तान्न विभिन्न अफर
विगत १० वर्षदेखि नै सञ्चालनमा आएको भएपनि बससेवा डटकममार्फत बस टिकट काट्नेहरू कम देखिन्छन् । तर कोरोना महामारीपछि भने संख्या बढ्दै गएको छ ।
ग्राहकहरूलाई डिजिटल टिकटको महत्व र फाइदाबारे बुझाउन र यसबारे आकर्षण गराउन कम्पनीले समयसमयमा विभिन्न अफरहरू ल्याइरहेको छ ।
गत स्थानीय तह निर्वाचन २०७९ मा पनि कम्पनीले निर्वाचन लक्षित अफर सार्वजनिक गरेको थियो ।
निर्वाचनका समयमा बससेवाबाट टिकट लिने यात्रुलाई सुनको असर्फीसमेत पाउन सक्ने अफर सार्वजनिक गरेपछि यात्रु केही हदसम्म आकर्षित भएको सीईओ खनाल बताउँछन् ।
बससेवाबाट टिकट काट्दा कसलाई के फाइदा ?
बससेवामार्फत अनलाइनबाटै टिकट काट्ने हो भने ग्राहकलाई प्रत्यक्ष तथा अप्रत्यक्ष फाइदाहरू पाउँछन् ।
यात्रुहरू काउन्टरसम्म जाँदा लाग्ने समय र पैसा दुवैको बचत हुन्छ भने घरमै बसेर काउन्टरकै दररेटमा टिकट काट्न पाए ।
यतिमात्रै नभएर यात्रुले बस छुट्ने समय र पुग्ने समयको स्पष्ट जानकारी घरमै बसेर पाउँछन् ।
आफुलाई मनपर्ने बसको मनपर्ने सिट रोजेर काट्न सकिन्छ ।
यातायात ब्यवसायीले पनि अनावश्यक खर्च, एजेन्ट, धेरै स्थानमा रहेका काउन्टर घटाउन सक्नेछन् ।
बस व्यवसायीले आफ्ना काउन्टर घटाएर सञ्चालन खर्च घटाउन सक्ने सीईओ खनालको भनाइ छ ।
नेपाल उद्योग परिसंघले सूचना प्रविधि (आइटी) क्षेत्रको विषयमा सूचना तथा संचार प्रविधि मन्त्रालयसँग छलफल गरेको छ । परिसंघको आइटी काउन्सिलले सूचना तथा संचार प्रविधि मन्त्री माननीय ज्ञानेन्द्रबहादुर कार्की, स...
आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित 'आइएमई पे'ले हवाई उडान टिकटमा नयाँ अफर सार्वजनिक गरेको छ । “उच्च तापक्रममा उच्चत्तम छुट” नामक “...
क्यासिफिक ब्रोडब्याण्ड स्याटलाइटस् समुहले आफ्नो क्यासिफिक १ स्याटलाइटमार्फत नेपालमा का (Ka)ब्याण्ड टर्मिनलको सफल परिक्षण गरेको छ । नेपालमा गरिने स्याटलाइट ब्रोडब्याण्ड सेवाको यो पहिलो परिक्षणले 'का' ...
इसेवाबाट मनकामना केबुलकारको टिकट काट्दा हिराको हार उपहार सकिने भएको छ । योजना अन्तर्र्गत मनकामना केबलकारको टिकट काट्दा एकजनाले हिराको हार, एक नाले आइफोन १३, एकजनाले स्मार्ट टीभी र एकजनाले वासिङ्ग मेसिन ...
नागरिक लगानी कोषको कर्मचारी बचत बृद्धि अवकास योजना अन्तर्गत कार्यालय तथा संघ–संस्थाहरूले आफ्ना कर्मचारीहरूका निम्ति कोषमा जम्मा गर्ने रकम अब एनसीएचएलका सदस्य बैंक वित्तीय संस्थाका कुनै पनि बैंक शाखाहरु वा ...
सामाजिक सञ्जाल ह्वाट्सएपले भारतमा १९ लाखभन्दा बढी अकाउन्टलाई प्रतिबन्ध लगाएको छ । नयाँ रिपोर्टअनुसार, प्रयोगकर्ताको उजुरीपछि १९ लाखभन्दा बढी अकाउन्टलाई प्रतिबन्ध लगाएको हो । मे महिनामा मात्रै ५२...
‘सौ चुहा खाके बिल्ली चला हजको’ (सय मुसा खाएर बिरालो हज गयो ) भन्ने हिन्दी उखानलाई चरितार्थ गर्ने गरी नारायणहिटी दरबारभित्रको बतास काण्ड, पशुपतिनाथ धर्मशाला, वायुसेवा निगमको वाइडबडी, ओम्नी ग्रुप क...
गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...
विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...