२७ जेठ २०८३, बुधबार

बससेवाले शुरू गरेको डिजिटल बस टिकेटिङमा आकर्षण बढ्दै, कसरी लिने टिकट ?

बससेवाले शुरू गरेको डिजिटल बस टिकेटिङमा आकर्षण बढ्दै, कसरी लिने टिकट ?

व्यस्त समय, हतारको यात्रा, अनि बस टिकटका लागि घन्टौँको समय । 

सोच्दा पनि विरक्त लाग्ने त्यो समयलाई कसरी सरल बनाउने ? 

विश्व डिजिटलाइजेसनमा अगाडि बढ्दै जाँदा नेपालमा पनि यो प्रश्न उठ्न बिस्तारै शुरू भएको थियो ।

हवाइ उड्ययनको टिकटदेखि अन्य सेवाहरूमा पनि डिजिटल माध्यम प्रयोग हुँदै गर्दा यात्रुबाहक बसमा भने उही पूरानै व्यवस्था । 

सोही अस्तव्यस्त बससेवालाई प्रणालीमा ल्याउन शुरू गरिएको थियो बससेवा डटकम । 

सन् २०१२ (२०६९) मा औपचारिक सञ्चालनमा आएको बससेवालाई पीआर खनालले आफ्नो नेतृत्वमा अगाडि बढाइरहेका छन् ।

कम्पनीले बससेवा सञ्चालनमा ल्याएर अनौपचारिक रहेको यातायात क्षेत्रलाई पनि डिजिटाइजेसनमा रुपान्तरण गर्न खोजेको हो  ।

आकर्षण बढ्दै

करिब १० वर्षअघि शुरू भएको भएपनि अनलाइनबाट बसको टिकट लिने प्रचलन भने कमै पाइएको छ । 

आजभन्दा १० वर्ष अगाडि फर्किएर हेर्ने हो भने मुलुकमा भर्खरै मात्र डिजिटाइजेसन प्राथमिकतामा पर्दै गएको थियो । अझै भनौं यसमा अभ्यस्त हुन भने सहज थिएन ।

विस्तारै मानिसमा प्रविधिप्रतिको चासो र प्रयोग बढ्दै जाँदा र समयक्रमसँगै प्रविधि आवश्यक पर्दै जाँदा यसको महत्व बढ्न थालेको देखिएको छ ।

मुलुकको बससेवालाई डिजिटलाइज्ड गर्नका लागि नेतृत्वदायी भूमिका खेलिरहेको बससेवा डटकममा अहिले दैनिक  १२ सयदेखि १५ सय टिकट काटिएका छन् । 

गत स्थानीय तह निर्वाचनका समयमा यो संख्या बढेर करिब २ हजार देखि २५ सयसम्म टिकट दैनिक काटिएका थिए । 

पीआर खनाल

कसरी गर्छ काम ?  

बससेवाको आधिकारिक वेबसाइट बससेवा डटकममार्फत यात्रीहरूले अनलाइन टिकट काट्न सक्ने व्यवस्था कम्पनीले मिलाएको छ । 

सारा नेपालीलाई जोड्ने लक्ष्य बोकेर अगाडि बढेको यस सेवा लिन वेबसाइटमा गएपछि सहजै टिकट लिन सकिन्छ । 

यसका लागि ग्राहकले आफू भएको ठाउँबाट जान चाहेको ठाउँको टिकट लिन सक्नेछन् । 

बिना झण्झट केही सेकेण्डमै आफूले रोजेको सिटका लागि टिकट लिन सकिनेगरी बससेवाले अनलाइन टिकट दिने गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत पिआर खनाल बताउँछन् । 

उनका अनुसार, आफूले कहाँ जान चाहेको हो ? त्यस ठाउँको लागि केही समयअगाडि नै टिकट काट्न सकिनेछ । 

कोरोनापछि बढ्दै अनलाइन टिकेटिङ

कोरोना महामारीपछि बससेवाको अनलाइन टिकट लिनेहरूको संख्या बढ्दै गइरहेको छ ।

सीईओ खनालका अनुसार कोभिड महामारीअघि दैनिक ९ सयदेखि ११ सयसम्म सिटहरू अनलाइनमार्फत बुकिङ हुन्थे । 

अहिले यो संख्या बढेर करिब १२ सय देखि १५ सयसम्म सिटहरूका लागि टिकट काटिने गरेको सीईओ खनाल बताउँछन् । 

२ सय ५० भन्दा बढी गन्तव्यका लागि टिकट काट्न सकिनेछ ।

ग्राहक तान्न विभिन्न अफर 

विगत १० वर्षदेखि नै सञ्चालनमा आएको भएपनि बससेवा डटकममार्फत बस टिकट काट्नेहरू कम देखिन्छन् । तर कोरोना महामारीपछि भने संख्या बढ्दै गएको छ । 

ग्राहकहरूलाई डिजिटल टिकटको महत्व र फाइदाबारे बुझाउन र यसबारे आकर्षण गराउन कम्पनीले समयसमयमा विभिन्न अफरहरू  ल्याइरहेको छ ।  

गत स्थानीय तह निर्वाचन २०७९ मा पनि कम्पनीले निर्वाचन लक्षित अफर सार्वजनिक गरेको थियो । 

निर्वाचनका समयमा बससेवाबाट टिकट लिने यात्रुलाई सुनको असर्फीसमेत पाउन सक्ने अफर सार्वजनिक गरेपछि यात्रु केही हदसम्म आकर्षित भएको सीईओ खनाल बताउँछन् । 

बससेवाबाट टिकट काट्दा कसलाई के फाइदा ? 

बससेवामार्फत अनलाइनबाटै टिकट काट्ने हो भने ग्राहकलाई प्रत्यक्ष तथा अप्रत्यक्ष फाइदाहरू पाउँछन्  ।

यात्रुहरू काउन्टरसम्म जाँदा लाग्ने समय र पैसा दुवैको बचत हुन्छ भने घरमै बसेर काउन्टरकै दररेटमा टिकट काट्न पाए  ।

यतिमात्रै नभएर यात्रुले बस छुट्ने समय र पुग्ने समयको स्पष्ट जानकारी घरमै बसेर पाउँछन् । 

आफुलाई मनपर्ने बसको मनपर्ने सिट रोजेर काट्न सकिन्छ । 

यातायात ब्यवसायीले पनि अनावश्यक खर्च, एजेन्ट, धेरै स्थानमा रहेका काउन्टर घटाउन सक्नेछन् ।

बस व्यवसायीले आफ्ना काउन्टर घटाएर सञ्चालन खर्च घटाउन सक्ने सीईओ खनालको भनाइ छ ।
 

salt training

कमेन्ट गर्नुहोस्