२४ जेठ २०८३, आइतबार

इरानी कर्नेललाई आफूले मारेको इजरायलले अमेरिकासमक्ष गर्‍यो स्वीकार

जेठ १२, २०७९
इरानी कर्नेललाई आफूले मारेको इजरायलले अमेरिकासमक्ष गर्‍यो स्वीकार

इरानको रिभोल्युसनरी गार्ड्सका एक कर्नेलको हत्या गरिएकोमा आफू जिम्मेवार रहेको इजरायलले अमेरिकासमक्ष स्वीकार गरेको विभिन्न सञ्चारमाध्यमहरूले खबर दिएका छन् । 

आइतवार तेहरानमा कर्नेल सैयद खोदायारीलाई उनकै घरबाहिर कारभित्र गोली हानेर हत्या गरेका थिए । 

इरानका राष्ट्रपति इब्राहिम रईसीले यस हत्याको बदला लिने प्रतिज्ञा गरेका छन् । रिभोल्युसनरी गार्ड्सले यसका लागि विश्वव्यापी घमण्डी तत्त्वहरू जिम्मेवार रहेको बताएको छ । त्यो भनेको अमेरिका र इजरायल जस्ता उसका साझेदार हुन् । 

बुधवार द न्युयोर्क टाइम्सले दिएको खबरअनुसार, इजरायलले अमेरिकी अधिकारीहरूलाई उक्त हत्या आफूले नै गराएको जानकारी दिएको छ । त्यसबारेमा जानकारी राख्ने एक गुप्तचर अधिकारीलाई पत्रिकाले उद्धृत गरेको छ । 

नाम नखुलाउने शर्तमा ती अधिकारीले बताएअनुसार, कुद्स फोर्सभित्रको गोप्य समूहको कारवाही रोक्नका लागि इरानलाई चेतावनी दिन यो हत्या गरिएको इजरायलले अमेरिकालाई बतायो । कुद्स फोर्स रिभोल्युसनरी गार्ड्सको विदेशी कारवाही इकाइ हो । 
 

salt training

कमेन्ट गर्नुहोस्