२२ जेठ २०८३, शुक्रबार

पञ्जाबमा घूस खाने कर्मचारीले रुपैयाको नोट चपाएपछि...(भिडियो)

जेठ १२, २०७९
पञ्जाबमा घूस खाने कर्मचारीले रुपैयाको नोट चपाएपछि...(भिडियो)

भारतको पञ्जाब राज्यमा एक कर्मचारीले घूस खाएको र त्यसलाई पचाउन उनलाई मुश्किल परेको भिडियो सार्वजनिक भएको छ । 

मोगा जिल्लाको चूहडचक गाउँमा विद्युत् प्राधिकरणका एक मिटर रीडरले एक परिवारसँग एक हजार भारु घूस लिए । बिग्रेको मिटर किन राखेको भन्दै झूटो बोलेर उनले घूस मागेका थिए ।

घूस माग्दै गरेको भिडियो खिच्दै गरेको देखेपछि मिटर रीडर आत्तिए अनि ५०० भारुका दुईवटा नोट मुखमा राखेर चपाउन थाले । 

गाउँलेहरूले उनको मुखमा औंला पसाएर ती नोट बाहिर निकाले । प्राधिकरणले घटनाको अनुसन्धान थालेको छ ।

भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला 

https://dainik-b.in/xuNpw7jalqb

salt training

कमेन्ट गर्नुहोस्