१० साउन २०८३, आइतबार

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग आयोजना हुने

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग आयोजना हुने

महालक्ष्मी  विकास बैंक लिमिटेडको आयोजनामा ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग’ आयोजना हुने भएको छ ।

जेष्ठ महिनालाई वार्षिकोत्सव महिनाको रुपमा मनाउन लागेको यस बैंकले आफ्नो २८ औं वार्षिकोत्सवको अवसर पारेर उक्त क्रिकेट लिग आयोजना गरेको हो । 

यही जेठ १३ देखि १५ गते (तिन दिन) सम्म इमाडोल स्थित बलपार्क इन्डोर क्रिकेटमा आयोजना हुने उक्त प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्थाका १६ टोलीले सहभागिता जनाउने छन् । 

बुधवार आयोजित पत्रकार सम्मेलनमा आयोजक महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले प्रतियोगिताको विजेता ट्रफी र आयोजक समितिका संयोजक तथा बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत दिपेश लम्सालले जर्सी सार्वजनिक गरेका थिए । 

क्रिकेट लिगका प्राविधिक निर्देशक रविन्द्र गुप्ताले लिगका नियमहरूका बारेमा प्रकाश पारेका थिए । 

उक्त सम्मेलनमा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत  देवकोटाले यस क्रिकेट लिगले बैंक तथा वित्तीय संस्थाहरू बीच भाइचारा, आत्मियता, सद्भाव, मित्रता बढाउन थप सहयोग पुग्ने बताए ।

लिग कम नक आउट फर्म्याटमा आयोजना हुने प्रतियोगितामा कुल ३२ वटा खेल खेलिनेछन् । 

सहभागी १६ टोलीलाई ४ वटा समूहमा विभाजन गरिनेछ जसबाट समूहको उत्कृष्ट हुने दुई समुह क्वार्टरफाइनल प्रवेश गर्नेछन् ।

खेल १० ओभर प्रति इनिंग्सको हुनेछ । 

प्रतियोगितामा सिटिजन्स बैंक, माछापुच्छ्रे बैंक, गरिमा विकास बैंक, महालक्ष्मी विकास बैंक, हिमालयन बैंक, मुक्तिनाथ विकास बैंक, आईसीएफसी फाइनान्स, मेगा बैंक, ज्योति विकास बैंक, प्राइम बैंक, सानिमा बैंक, कुमारी बैंक, कामना सेवा विकास बैंक, सनराइज बैंक, लुम्बिनी विकास बैंक र सांग्रिला विकास बैंकको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेता, उपविजेता टिम, रनर अप, म्यान अफ द सिरिज, बेस्ट बलर/ब्याट्सम्यान, बेस्ट फिल्डर लगायत विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुलाई विशेष पुरस्कार प्रदान गरिनेछ । 

प्रतियोगिताको सम्पूर्ण खेलहरूको प्रसारण बैंकको आधिकारिक फेसबुक पेज तथा युट्युब च्यानल र विकेट नेपाल मार्फत हुनेछ । 

                                        
 

salt training

कमेन्ट गर्नुहोस्