१९ असार २०८३, शुक्रबार

भक्तपुर नगरपालिकामा मेलम्चीको पानी वितरण

भक्तपुर नगरपालिकामा मेलम्चीको पानी वितरण
प्रतिकात्मक तस्वीर

भक्तपुर नगरपालिकामा बिहीवारदेखि मेलम्चीको पानी वितरण शुरू गरिएको छ ।

भक्तपुरको कटुञ्जेस्थित खानेपानी ट्यांकीबाट भक्तपुर नगरपालिका–१ देखि ५ सम्म मेलम्चीको पानी वितरण गरिएको हो ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) भक्तपुर शाखा प्रमुख सुरेन्द्र हिमालय श्रेष्ठले संयुक्तरूपमा साँचो खोली मेलम्ची खानेपानी आयोजनाको पानी वितरण शुरू गरिएको हो ।

सो अवसरमा नगर प्रमुख प्रजापतिले भक्तपुर नपाले खानेपानीको समस्या समाधानतर्फ शुरूदेखि आवश्यक पहल गरिरहेको र निर्वाचनमा पनि खानेपानीलाई पहिलो प्राथमिकतामा राख्दै जनतालाई जेठको दोस्रो हप्ताभित्र मेलम्चीको पानी वितरण गर्नेमा जोड दिँदै आएको स्मरण गराएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्