२३ असार २०८३, मंगलबार

तिलोत्तमामा कांग्रेसका उम्मेदवार खाँणको अग्रता कायमै

तिलोत्तमामा कांग्रेसका उम्मेदवार खाँणको अग्रता कायमै

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका रामकृष्ण खाँणले अग्रतालाई कायमै राखेका छन् ।

हालसम्म ६२ हजार ३१५ मत गणना हुँदा खाँण ८०६ मतान्तरले अगाडि छन् । खाँणले पछिल्लोपटक सार्वजनिक भएको नतिजामा २३ हजार ५३५ मत पाएका छन् ।

उनलाई नेकपा एमालेका उम्मेदवार मोहन चापागाईंले २२ हजार ७३१ मतका साथ पछ्याइरहेका छन् तर उपप्रमुख पदमा एमालेको तर्फबाट उम्मेदवार बनेकी जगेश्वरी दोब्बर बढी मतले अगाडि छन् ।

चौधरीले २२ हजार २४४ मत पाउँदा गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका हेमन्त पाण्डेले ११ हजार १३३ मत पाएका छन् । 

उपप्रमुख पदमा चौधरी र पाण्डेबीच ११ हजार १११ मतान्तर छ । तिलोत्तमा नगरपालिकामा हालसम्म वडा नम्बर १, २, ३, ४, ५, ६, १०, ११, १२, १३, १४, १५, १६ र १७ को अन्तिम मतपरिणाम आइसकेको छ । ती वडामध्ये वडा नम्बर १, ४, १०, ११, १२ र १५ मा नेकपा एमालेले जितेको छ भने वडा नम्बर २, ३, ५, ६, १३, १४ १६ र १७ मा नेपाली कांग्रेस विजयी भएको छ ।

अहिले नगरपालिकाको ७, ८ र ९ नम्बर वडाको मतगणना जारी छ । ८५ हजार बढी मतदाता रहेको तिलोत्तमा नगरपालिकामा ६४ हजार ७०२ मत खसेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्