२२ जेठ २०८३, शुक्रबार

चार दिनपछि आफन्तले बुझे शव

चार दिनपछि आफन्तले बुझे शव

टिपरको ठक्करबाट मृत्यु भएको एक वृद्धको शव चार दिनपछि आज आफन्तले बुझेका छन् । दोलखाको गौरिशङ्कर गाउँपालिका–७ मार्वुमा टिपरको ठक्करबाट मृत्यु भएको लालबहादुर विकको शव चार दिनपछि आज आफन्तले जिम्मा लिएका हुन् । 

मृतकका परिवारसँग आज भएको छलफलबाट टिपर चालकलाई कानूनी कारवाही गरिने र मृतकका परिवारलाई क्षतिपूर्ति दिने सहमति भएपछि आफन्तले शव बुझेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक सुशील केसीले बताइन्। 

गौरिशङ्कर–७ मार्वुमा यही जेठ ९ गते ७० वर्षीय विकलाई ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको थियो । टिपरको ठक्करले मृत्यु भएपछि टिपर चालकलाई कारवाहीको माग गर्दै परिवारले शव बुझ्न मानेका थिएनन् । टिपर चालक हालसम्म फरार रहेको र खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्