×

NMB BANK
NIC ASIA

संसदमा फेरि अबरोध

मन्त्रीले असंसदीय शब्द बोलेको भन्दै एमालेको आपत्तिपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

जेठ १३, २०७९

NTC
Premier Steels

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीलेन्द्र बडूले सम्बोधनका क्रममा असंसदीय भाषा प्रयोग गर्दै आफ्नो दलको नेतालाई अपमानित गरेको भन्दै नेकपा एमालेले प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेको छ । 

Muktinath Bank

एमालेको अवरोधपछि प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारका नीति तथा कार्यक्रममाथि छलफल गर्न शुक्रवार बसेको बैठकको शुरूमै सरकारको तर्फबाट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बडूले इन्धनको मूल्यवृद्धिलगायत विषयमा बोल्नका लागि समय लिएका थिए । 


Advertisment
Nabil box
Kumari

त्यसक्रममा मन्त्री बडूले बिहीवार नेकपा एमालेका अध्यक्ष केपी ओलीले संसद्मा बोल्दा निगमलाई निजीकरण गर्न लागेको भनेर गैरजिम्मेवार अभिव्यक्ति दिएको बताए । 

Vianet communication

प्रमुख प्रतिपक्षी दलको नेताले संसदमार्फत जनतालाई भ्रम छर्न खोजेको उनले आरोप लगाएपछि एमालेले संसदमा नियमापत्ति गरेको थियो । एमाले सांसदहरूले नियमापत्ति गर्दै ओलीमाथि लगाएका निराधार आरोप र असंसदीय शब्द फिर्ता हुनुपर्ने माग गरे । 

एमालेको नियमापत्तिपछि सभामुख अग्नि सापकोटाले रेकर्ड हेरेर उचित निर्णय लिने बताए । 

त्यसपछि उनले मन्त्रीलाई बोल्न समय दिए । मन्त्री बडूले कमिसन खाएर निगमलाई निजीकरण गर्न लागिएको भन्ने आरोप झुटा र पूर्वाग्रही भएको बताए । 

‘नेपाल आयल निगमलाई खारेज गरेर कमिसन खाएर निजीकरण गर्न लागिएको भन्ने विपक्षी दलको नेताका आरोप झुटा, पूर्वाग्रही नै हो । यो आरोप खेदजनक छ, यो आपत्तिजनक छ । पूर्वाग्रही छ,’ मन्त्री बडूले भने । 

त्यसपछि एमाले सांसदहरूले उभिएर मन्त्रीले माफी माग्नुपर्ने बताए । एमाले सांसदहरूले अबरोध जारी राखेपछि सभामुख सापकोटाले प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् ।   
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x