१० साउन २०८३, आइतबार
संसद् बैठक

मन्त्रीले बोलेका असंसदीय शब्द रेकर्डबाट हटाइएपछि सुचारु भयो संसद

मन्त्रीले बोलेका असंसदीय शब्द रेकर्डबाट हटाइएपछि सुचारु भयो संसद

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीलेन्द्र बडूले बोलेका असंसदीय शब्द संसदको रेकर्डबाट हटाउने सहमतिपछि प्रतिनिधि सभाको बैठक सुचारु भएको छ । 

शुक्रवार बसेको बैठकमा सरकारको तर्फबाट सार्वजनिक महत्त्वको वक्तव्य दिने क्रममा उद्योग मन्त्री बडूले बोलेको विषयलाई लिएर एमालेले आपत्ति जनाएको थियो । 

एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदको रोष्ट्रम प्रयोग गरी सरकारले नेपाल आयल निगम निजीकरण गर्न लागेको भनेर जनतालाई भ्रमित गर्न खोजेको भन्दै बडूले आपत्ति जनाएका थिए । 

ओलीको अभिव्यक्ति कुण्ठा र रोदन भएको भन्दै मन्त्रीले दिएको अभिव्यक्तिप्रति एमालेले आपत्ति जनाउँदै संसद् अवरोध गरेको थियो । 

एमालेको अवरोधपछि १५ मिनेटका लागि भन्दै स्थगित बैठक ३ घण्टापछि दिउँसो साढे २ बजे शुरू भएको छ । बैठकको शुरूमै सभामुख अग्नि सापकोटाले मन्त्रीले बोलेका असंसदीय शब्दहरू अभिलेखबाट हटाउन निर्देशन दिएका थिए । 

संसद बैठक सुचारु भएपछि अहिले सरकारका नीति तथा कार्यक्रममाथि छलफल शुरु भएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्