
नेपालको आर्थिक वृद्धिदर ५.८४ प्रतिशतमा सीमित हुने भएको छ । सरकारले चालू आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक बृद्धि गर्ने लक्ष्य राखेको थियो । तर, सरकारको लक्ष्यअनुसार आर्थिक बृद्धि हुन सकेन् । अर्थमन्त्रालयले शनिवार सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षणमा आर्थिक बृद्धिदर गत वर्षको तुलनामा १.५९ प्रतिशतले बढेको उल्लेख छ ।
चालू आर्थिक वर्षमा कोभिड १९ महामारिको प्रभाव न्युन हुँदै गएको र ऊर्जा क्षेत्रको विकास र विस्तार उत्साहप्रद रहेकोले आर्थिक बृद्धिदर बढेको अर्थ मन्त्रालयले बताएको छ । गत आव २०७७/७८ मा नेपालको आर्थिक बृद्धिदर ४.२५ प्रतिशत थियो । केन्द्रीय तथ्याङ्क भने गत वैशाखमा नेपालको आर्थिक बृद्धिदर ५.८ प्रतिशतले हुने आँकलन सार्वजनिक गरेको थियो ।