
नेपालको अर्थतन्त्रको आकार ४८ खर्ब ५१ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । अर्थ मन्त्रालयले शनिवार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८÷७९ को आर्थिक सर्वेक्षण अनुसार कुल गार्हस्थ्य उत्पादन (उपभोक्ता मूल्यमा) नेपालको अर्थतन्त्रको आकार साढे ४८ खर्ब पुगेको छ ।
चालू आवको पहिलो ८ महिनासम्ममा नेपालको अर्थतन्त्रको आकार ५ खर्ब ८५ अर्ब ३० करोड रुपैयाँले बढेको देखिएको छ ।
गत आर्थिक वर्ष २०७७÷७८ मा नेपालको अर्थतन्त्रको आकार ४२ खर्ब ६६ अर्ब ३२ करोड रुपैयाँ रहेको थियो । कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी हिस्सा वागमति प्रदेशको रहेको छ । वागमतिको सबैभन्दा बढी ३६.९ प्रतिशत छ भने सबैभन्दा कम कर्णाली प्रदेशको ४.१ प्रतिशत रहेको पनि आर्थिक सर्वेक्षणमा उल्लेख छ ।