असार १५, २०७९
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जनरल फाइनान्सकी बिचौलियालाई पक्राउ गरेको छ । चितवनको शिवनगर गाउँपालिका-८ की ४१ वर्षीय बबिता पौडेलविरुद्ध फाइनान्सको कर्जा दुरुपयोग गरेर जानीजानी अनुचित लाभ...
काठमाडाैं | जेठ १४, २०७९
प्रधानमन्त्री शेरबहादुर देउवाले मूल्य वृद्धि नियन्त्रण गरी मुद्रास्फीतिलाई वाञ्छित सीमाभित्र राख्न अधिकतम प्रयत्न गरिने बताएका छन् । प्रतिनिधिसभालाई सोमबार सम्बोधन गर्दै देउवाले बाह्य प्रभावका कारण अर्थतन्त्रमा हुने उतारचढावलाई व्यवस्थापन गर्ने र महामारीको सामना गर्ने कार्यलाई प्राथमिकता दिने विषयहरु यस नीति तथा कार्यक्रममा समेटिएका स्पष्ट पारे ।
सार्वजनिक संस्थानहरूको सुधार गर्ने उद्देश्यले नीति तथा कार्यक्रममा सार्वजनिक संस्थानका बारेमा उल्लेख गरिएको जानकारी गराउँदै उनले यसलाई विषयान्तर गरी फरक ढङ्गबाट बुझ्न उचित नहुने उल्लेख गरे । प्रतिस्पर्धी वस्तु तथा सेवा उत्पादन गर्ने निजी क्षेत्र सक्षम भएका क्षेत्रमा कार्यरत सार्वजनिक संस्थानहरूको व्यवस्थापन सुधार लगायतका विषयहरू समावेश भएको उनले जानकारी गराए ।
प्रतिस्पर्धा हुने र सरकारको एकाधिकार प्राप्त पेट्रोलियम लगायतका वस्तुको कारोबार गर्ने सार्वजनिक संस्थानको खारेजी वा निजीकरणको विषय समावेश गर्ने सरकारको सोच नभएकाले यस विषयमा अन्यथा नहुनेमा विश्वस्त हुन उनले आग्रह गरे ।
उनले, “गुणस्तरीय सेवा प्रवाह, पूर्वाधार निर्माण र आधारभूत वस्तु तथा सेवाको नियमित आपत्तिमा विशेष जोड दिइएको छ । स्वदेशी उत्पादनबाट खाद्य सुरक्षाको प्रत्याभूति गर्न क्षेत्रगत नीतिहरुमा समेत कृषि तथा वन क्षेत्रलाई उत्पादन र उत्पादकत्वसँग आबद्ध गर्दै लैजाने नीति लिइएको छ । नेपालको संविधानले प्रत्याभूत गरेको खाद्य सुरक्षाको हकको कार्यान्वयनका लागि हिमाली तथा उच्च पहाडी जिल्लामा खाद्यान्न र नुन ढुवानीमा अनुदान दिइँदै आएको छ । भौतिक पूर्वाधारको विकाससँगै कतिपय जिल्लाहरू सड़क सञ्जालमा जोडिएकाले त्यस्ता जिल्लाहरूको सिमानाको पुनरावलोकन गर्ने नभई ढुवानी अनुदानलाई वस्तुपरक बनाउन मात्र खोजिएको हो ।”
विगतमा नापजाँच तथा दर्ता गर्न छुट भएका गाउँ ब्लक, पुनः नापी र विशेष नापी अन्तर्गतको मन्त्रालयको नियमित लक्ष्यअन्तर्गत प्रक्रियागत सहजीकरण गरी लामो समयदेखि जग्गाधनी प्रमाणपुर्जा नपाएकाहरूलाई नापजाँच गरी निर्वाचन आचारसंहिता लागू हुनुअगावै जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको उनले बताए । भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरूको समस्या समाधान गर्न भूमि आयोग गठन भई यसले काम गरिरहेको हुँदा यससम्बन्धी समस्या आगामी दुई वर्षभित्र समाधान हुने उनले अपेक्षा गरे ।
प्रधानमन्त्री देउवाले सरकारले उत्पादन र उत्पादकत्व वृद्धि गरी निर्यात प्रवद्र्धधनमार्फत व्यापार घाटा कम गर्ने उद्देश्य राखेको बताउँदै यस अन्तर्गत तुलनात्मक लाभ भएका वस्तुको उत्पादन वृद्धि गर्ने, बजार विस्तार गर्ने आन्तरिक उपभोग बढा लगानी आकर्षित गर्ने उद्देश्यले प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रम ल्याइएको बताए । बदलिँदो विश्वको अवस्था र व्यापार संरचनामा आएका नवीन प्रवृत्तिलाई निरन्तर अनुगमन गरी नीति निर्माणमा सघाउ पु¥याउन यस्ता संयन्त्र कामयाबी हुने भएकाले आवश्यक संयन्त्रको व्यवस्था गर्न खोजिएको उनको भनाइ थियो ।
“भ्रष्टाचार नियन्त्रण गर्ने सम्बन्धमा वर्तमान सरकारको प्रतिबद्धता विगतका कुनै सरकारको भन्दा कम छैन । भ्रष्टाचार नियन्त्रण गर्ने निकायहरूको सुदृढीकरण र सबलीकरणमा जोड दिइएको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जनरल फाइनान्सकी बिचौलियालाई पक्राउ गरेको छ । चितवनको शिवनगर गाउँपालिका-८ की ४१ वर्षीय बबिता पौडेलविरुद्ध फाइनान्सको कर्जा दुरुपयोग गरेर जानीजानी अनुचित लाभ...
पछिल्लो समय कोरोना संक्रमितहरू बढ्दै गएका छन् । पछिल्लो २४ घण्टामा ६२ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ६२० नमूना परीक्षणमध्ये ५१ जनामा पीसीआर र ११ जनामा एन्ट...
बुटवल उपमहानगरपालिकाले धान दिवसलाई किसानको खेतमा रोपाइँ गरेर मनाएको छ । उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेको नेतृत्वमा वडाध्यक्ष सहितका जनप्रतिनिधि, राजनीतिक दलका नेता, कार्यकर्ता, किसानको टोली...
कस्तूरीको बिनाजस्तो देखिने धुलोसहित कोरियन नागरिक पक्राउ परेका छन् । मंगलवार काठमाडौंबाट कोरिया जान लागेका कोरियन नागरिक जंग जून जुन ७१६ ग्राम धुलोसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परे...
खुला सामरिक लेख-रचना प्रतियोगिता २०७९ मा सहभागी हुन नेपाली सेनाले आवेदन पेश गर्ने समयावधि थप गरेको छ । सेनाले असार २८ गतेसम्मका लागि समय थप गरेको हो । नेपाली सेनाले हरेक वर्ष ‘म...
काठमाडौं महानगरपालिका–४, बालुवाटारस्थित सुनौलो परिवार नेपाल मेरी स्टोप्स सर्भिसेजको स्टोर भवनमा भएको आगलागी नियन्त्रणमा लिइएको छ । बुधवार बिहान ७ बजेतिर लागेको आगो साढे ९ बजेतिर नियन्त्रणमा ल...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...
विश्वविख्यात कूटनीतिज्ञ तथा राजनीतिज्ञ विष्णु गुप्त "चाणक्य"ले राजनीतिलाई परिभाषित गर्दै भनेका छन्- "आफ्नो टार्गेट अर्थात् निशानालाई निर्धारण गरी तदनुसार तयारी गर्नु र लक्ष्य हासिल गर्नु राजनीति हो।&q...
भर्खरै मात्र राष्ट्रिय सुरक्षा नीति २०७५ ले समेत नेपाली मूल्य–मान्यता, संस्कृति, परम्परा, धर्म, भाषा, जाति, क्षेत्र र सम्प्रदाय बीचको सद्भाव भड्काउने संकीर्ण गतिविधि तथा विभिन्न प्रकृतिका अतिक्रमण र सामाजिक सञ्जा...