२५ असार २०८३, बिहीबार

धिरज र अदीति अभिनीत ‘बाबरी’को टिजर सार्वजनिक

धिरज र अदीति अभिनीत ‘बाबरी’को टिजर सार्वजनिक

‘इन्टु मिन्टु लण्डनमा’ फ्रेम्ड अभिनेता धिरज मगर र ‘कृ’ फ्रेम्ड अभिनेत्री अदीति बुढाथोकीको मुख्य भूमिका रहेको चलचित्र ‘बाबरी’को टिजर सार्वजनिक गरिएको छ ।

आगामी भदौ ३१ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको १ मिनेट २० सेकेण्ड अवधिको टिजर सार्वजनिक गरिएको हो । टिजरमा चलचित्रका मुख्य अभिनेता धिरज  र अभिनेत्री अदीतिबीचको मित्रता, प्रेम, रोमान्स र नोकझोंकलाई देखाइएको छ ।

यसै चलचित्रबाट अभिनेताको रुपमा डेब्यू गरेका नेपाली चलचित्रकी पुरानी अभिनेत्री तृप्ती नाडकरका छोरा धिरज नाडकरलाई भने टिजरमा स्थान दिइएको छैन । 

‘कृ’ फ्रेम्ड निर्देशक सुरेन्द्र पौडेलको निर्देशन रहेको चलचित्र प्रेमकथामा आधारित रहेर निर्माण गरिएको हो । चलचित्रमा धिरज र अदीतिका अलावा धिरज नाडकर, बादल भट्ट, कमणमणी नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला गुरुङ, दीलिप गुरुङ लगायतको पनि अभिनय छ ।

बाबरी फिल्मस्को प्रस्तुति र सुष्मा प्रोडक्सनको व्यानरमा निर्माण भएको चलचित्रको निर्माता गणेश बुढाथोकी र पुष्पालता बुढाथोकी हुन् ।
 

salt training

कमेन्ट गर्नुहोस्