०५ साउन २०८३, मंगलबार

चर्चमा खाना बाडिरहँदा भएको भागदौडमा दक्षिणी नाइजेरियामा ३१ जनाको मृत्यु

जेठ १५, २०७९
चर्चमा खाना बाडिरहँदा भएको भागदौडमा दक्षिणी नाइजेरियामा  ३१ जनाको मृत्यु

दक्षिणी नाइजेरियामा शनिवार चर्चको परोपकारी कार्यक्रममा खाना बाँडिरहेको बेला भागदौड मच्चिँदा कम्तीमा ३१ जनाको मृत्यु भएको छ ।

दक्षिणी रिभर्स स्टेटको पोर्ट हार्कोर्ट सहरमा भएको भागदौडमा उनीहरूको मृत्यु भएको हो ।

घटनापछि मानिसका शव, जुत्ता तथा चप्पलहरू भुइँमा छरिएका प्रहरी र प्रत्यक्षदर्शीहरूले जनाएका छन् ।

पोर्ट हार्कोर्ट पोलो क्लबमा एक स्थानीय किंग्स एसेम्बली चर्च संगठनले गरिबहरूका लागि खाना र उपहारहरू प्रदान गर्दा भिड नियन्त्रणबाहिर गएको थियो ।

 

salt training

कमेन्ट गर्नुहोस्