१४ असार २०८३, आइतबार

मोटरसाइकल दुर्घटना हुँदा मोरङमा २ जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा मोरङमा २ जनाको मृत्यु

मोरङको बेलबारी–१० भाउन्नेमा शनिवार राती मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

को१०प ३५९९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सुन्दरहरैँचाका दुई युवाको मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक सुन्दरहरैँचा नगरपालिका–११ का २५ वर्षीय राजेश धिमाल र पछाडि सवार २४ वर्षीय अनिल चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका दुवै जनाको उपचारका क्रममा विराट नर्सिङ होम मृत्यु भएको प्रहरीले जनाएको छ ।

पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३८८७ नम्बरको बस मा मोटरसाइकल ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख खगेन्द्र धमलाले बताए ।

बस र चालक भने प्रहरीको नियन्त्रणमा रहेको छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्