२५ जेठ २०८३, सोमबार
तारा एयरको विमान सम्पर्कविहीन

हराएको विमान खोज्न गएको हेलिकप्टर खराब मौसमका कारण जोमसोममा डाइभर्ट

हराएको विमान खोज्न गएको हेलिकप्टर खराब मौसमका कारण जोमसोममा डाइभर्ट
फाइल फोटो

पोखराबाट जोमसोम उडेको तारा एयरको विमान हराएपछि खोज्न गएको फिस्टेल एयरको हेलिकप्टर बीचबाटै डाइभर्ट भएको छ । 

मौसम खराबीको कारण हेलिकप्टर जोमसोममा डाइभर्ट गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेम नाथ ठाकुरले लोकान्तरलाई जानकारी दिए । 

मुस्ताङको कोबाङनजिकै विमान दुर्घटना भएको आशंका गरिएको छ । उक्त क्षेत्रको मौसम खराब हुँदा हेलिकप्टर समेत जान सकेको छैन ।

घोडेपानी क्षेत्रबाट १०ः०७ मा अन्तिमपटक सम्पर्क भएको विमानमा चालक दलका सदस्यसहित १६ नेपाली र ६ विदेशी सवार रहेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्