०५ साउन २०८३, मंगलबार

डोनबासबाट पछि हट्ने तयारीमा युक्रेन

जेठ १५, २०७९
डोनबासबाट पछि हट्ने तयारीमा युक्रेन

युक्रेनले डोनबास क्षेत्रको प्रतिरक्षाका लागि सबै प्रयास गरिरहेको तर पछि हट्न बाध्य हुनुपर्ने स्थिति आएको बताएको छ । 

राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले पूर्वी क्षेत्रमा रुसी सुरक्षाबलहरूको घेराबन्दीलाई रोक्न सम्पूर्ण प्रयास जारी राखेको बताएका छन् ।  

रुसले डोनबासमा व्यापक संख्यामा आर्टिलरी र रिजर्भ सैनिकहरूको उपयोग गरिरहेको उनको भनाइ छ । 

‘क्षेप्यास्त्र तथा लडाकू विमानबाट उनीहरूले लगातार आक्रमण गरिरहेका छन्,’ जेलेन्स्कीले दैनिक सम्बोधनका क्रममा बताए । 

‘हामीसँग भएको सुरक्षा स्रोतले भ्याएसम्म हामी आफ्नो भूमिको सुरक्षा गरिरहेका छौं,’ उनले थपे । पश्चिमी मुलुकहरूसँग भारीभरकम हतियार ल्याएर युद्धको दिशा बदल्ने आशा युक्रेनले गरिरहेको छ । 

युक्रेनी सैनिकहरू डोनबासमा लगभग घेरिइसकेको र त्यहाँबाट पछि हट्न बाध्य भएको खबर आइरहेको बेलामा जेलेन्स्कीको भनाइ सार्वजनिक भएको हो । युक्रेनी सैनिकहरूको प्रतिकार व्यर्थ हुँदै गएको देखिन्छ ।

तर रुसलाई यो युद्ध कुनै पनि हालतमा जित्न नदिनका लागि अमेरिका र उसका सहयोगी राष्ट्रहरू युक्रेनलाई लाखौं डलरका घातक हतियार दिइरहेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्