२६ जेठ २०८३, मंगलबार
सम्पर्कविहीन जहाज

जहाज खोज्न मुस्ताङमा ८२ जना नेपाली सेनाको फौज परिचालित, 'लोकेसन' पत्ता लाग्यो

जहाज खोज्न मुस्ताङमा ८२ जना नेपाली सेनाको फौज परिचालित, 'लोकेसन' पत्ता लाग्यो

हराइरहेको तारा एयरलाइन्सको ट्वीनअटर विमान खोज्न नेपाली सेनाका ८२ जनाको फौज परिचालन भएको छ । 

नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालका अनुसार मुस्ताङको घाँसाबाट पैदलमार्ग भएर ६२ जना र काठमाडौं एवं पोखरा विमानस्थलबाट २० सेना रेस्कूयू टोली परिचालन भएका छन् । 

‘हेलिकप्टरबाट २० जनाको रेस्क्यू टीम र स्थलमार्गबाट ६२ जनाको फौज डिप्लोइड भइसकेको छ,’ प्रवक्ता सिलवालले लोकान्तरसँग भने ।

उनका अनुसार स्थलमार्गबाट गएको टोलीले जहाज भएको क्षेत्रलाई 'लोकेट' गरिसकेको छ । त्यसलाई यकीन गरेर हेलिकप्टरले उद्धार गर्नेछ । अहिले रेस्कूयूसहितको टोली मुस्ताङको कोवाङ्गमा बसिरहेको छ । 

‘हेलिकप्टरसहितको टोली कोबाङ्गमा छ । लाकेसन यकीन हुनासाथ पाँच मिनेटमा हेलिकप्टर पुग्छ,’ सहायक रथी सिलवालले भने ।

कोवाङ्गको माथिल्लो भागमा बाक्लो हुस्सुका कारण हेलिकप्टर जान सकेको छैन । फिस्टेलको सानो हेलिकप्टरले सम्भावित क्षेत्रमा खोजी गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्