
हराइरहेको तारा एयरलाइन्सको ट्वीनअटर विमान खोज्न नेपाली सेनाका ८२ जनाको फौज परिचालन भएको छ ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालका अनुसार मुस्ताङको घाँसाबाट पैदलमार्ग भएर ६२ जना र काठमाडौं एवं पोखरा विमानस्थलबाट २० सेना रेस्कूयू टोली परिचालन भएका छन् ।
‘हेलिकप्टरबाट २० जनाको रेस्क्यू टीम र स्थलमार्गबाट ६२ जनाको फौज डिप्लोइड भइसकेको छ,’ प्रवक्ता सिलवालले लोकान्तरसँग भने ।
उनका अनुसार स्थलमार्गबाट गएको टोलीले जहाज भएको क्षेत्रलाई 'लोकेट' गरिसकेको छ । त्यसलाई यकीन गरेर हेलिकप्टरले उद्धार गर्नेछ । अहिले रेस्कूयूसहितको टोली मुस्ताङको कोवाङ्गमा बसिरहेको छ ।
‘हेलिकप्टरसहितको टोली कोबाङ्गमा छ । लाकेसन यकीन हुनासाथ पाँच मिनेटमा हेलिकप्टर पुग्छ,’ सहायक रथी सिलवालले भने ।
कोवाङ्गको माथिल्लो भागमा बाक्लो हुस्सुका कारण हेलिकप्टर जान सकेको छैन । फिस्टेलको सानो हेलिकप्टरले सम्भावित क्षेत्रमा खोजी गरिरहेको छ ।
