२४ असार २०८३, बुधबार

पेशल कोइराला : प्रचारभन्दा काम र सेवामा जोड

कात्तिक २०, २०७४
पेशल कोइराला : प्रचारभन्दा काम र सेवामा जोड

स्पेन, ४ साउन — गैरआवासीय नेपाली संघ (एनआएन्ए) स्पेनको पाँचौं राष्ट्रिय महाधिवेशनका प्रत्याशित उपाध्यक्ष पदका चार उम्मेदवारहरूको व्यापक चुनावी चर्चा चल्न थालेको छ ।


आइतवार (साउन ८ गते) बार्सिलोनामा हुने महाधिवेशनको केही दिनअघि अस्ति सोमवारबाट घरदैलो कार्यक्रम शुरु भएको छ ।

उपाध्यक्ष पद सुरक्षित गर्न पूर्वतयारीमा चार उम्मेदवार तीव्र रूपमा दौडधुपमा लागेका छन् ।

पूर्वसचिव सुनिल रानाभाट, कास्की समाजका अध्यक्ष एवं व्यवसायी दिलनाथ भण्डारी, म्याड्रिड क्षेत्रीय समितिका पूर्वअध्यक्ष रोशन पाठक र एनआरएनए स्पेनका कोषाध्यक्ष पेशल कुमार कोइरालाबीच कडा प्रतिस्पर्धा हुँदैछ ।

उपाध्यक्ष उम्मेदवार तीनजना भन्दा फरक व्यक्तित्व भएका अनि प्रचारमुखी भन्दा पनि काम, आफ्नो दायित्व र सामाजिक उत्तरदायित्व बोध गरेका कोइराला भोट माग्न हिँडेका छैनन् ।

एनआरएनए स्पेनको फेसबूकमा अन्य उम्मेदवारले व्यापक रूपमा भोट मागेर प्रचारप्रसारमा लागेको बेला पेशल आफ्नो दैनिक काममै व्यस्त देखिएका छन् । चार उपाध्यक्षहरू स्थानीय सञ्चारमाध्यममा समेत छाएका छन् भने यी चारमध्येका फरक कोइरालाले भोट माग्न हिँडेको भेटिँदैन ।


वर्तमान कोषाध्यक्ष पेशल कुमार कोइराला समाज परिवर्तनमा आफ्नो भूमिका कस्तो रह्यो, त्यो महत्त्वपूर्ण हुने बताउँछन् ।

‘एनआरएनएको दुई वर्षे बसाईंमा आफ्नो काम कस्तो रह्यो, त्यसको मूल्यांकन गरेर स्पेनवासी नेपालीले मत दिने हो । म त्यसमा सन्तुष्ट छु । भोट माग्न र प्रचारप्रसार गर्न नरुचाउने मान्छे हुँ म । उम्मेदवार सूचीमा मेरो नाम परेछ, मलाई नै यो कुरा बल्ल आज थाहा भयो,’ उनी बताउँछन् ।

‘विगत दुई वर्षे कार्यकालमा मैले गरेको कामको आइतवार परीक्षा हुँदैछ । अहिले उपाध्यक्ष पदमा चाहना नहुँदा नहुँदै पनि साथीहरूको पहलमा मेरो उम्मेदवारी परेको हो,’ उनी बताउँछन् ।

विगतमा पनि सहमतिमा आफूलाई कोषाध्यक्ष बनाइएको र आफूले दायित्व र धर्मअनुसार कर्तव्य निर्वाह गरेको कोइराला बताउँछन् ।

मतदानमा हारजीत जे भएपनि स्वीकार्य रहेको उनको भनाइ छ ।

लोकान्तरसँग कुरा गर्दै कोइराला भन्छन्, ‘निर्वाचन भनेको हारजीतको प्रक्रिया हो र आफूलाई सच्याउने सुनौलो अवसर पनि हो । मान्छेमा कमीकमजोरी हुन्छ । त्यसलाई सुधार गरेर अघि बढ्नु नै मानवता हो’ ।


करीब दश हजार नेपाली स्पेनका विभिन्न शहरहरूमा बसोबास गरेतापनि आइतवार हुने निर्वाचनमा एनआरएनएमा सक्रिय आस्था भएका करीब एक हजार ७३ जनाले मतदान गर्नेछन् ।

salt training

कमेन्ट गर्नुहोस्