
हराइरहेको तारा एयरलाइन्सको ट्विनअटर विमान खोज्नको लागि नेपाली सेनाका ८२ जनाको फौज मानापाथी हिमालको खोँच लाङ्केमा मोडिएको छ ।
नेपाली सेनाका प्रवक्ता सहायकरथी नारायण सिलवालका अनुसार स्थानीयले मानापाथीमा आगो बलिराखेको भन्ने जानकारी गराएपछि सेनाको टोली त्यता मोडिएको बताए ।
‘स्थानीयहरूले आगो बलेको जानकारी गएपछि हाम्रो स्थल टोली त्यता हिँडेको तर टोली नपुगेसम्म स्वतन्त्र पुष्टि हुँदैन,’ प्रवक्ता सिलवालले लोकान्तरसँग भने ।
त्यो लाङ्के खोलाको मुहानस्थल गरेको र त्यहाँ हिडेर जानको लागि ३/४ घण्टा पैदल यात्रामा लाग्ने प्रवक्ता सिलवालले बताए ।