
दाङको तुलसीपुर स्थित टारीगाउँ विमानस्थल स्तर बृद्धिका लागि बजेट विनियोजन भएको छ ।
आन्तरिक हवाई सेवाको गुणस्तर बृद्धि तथा पहुँच विस्तारका लागि दाङको टरिगाउँ एअरपोर्टसहित डडेलधुरा, बागलुङ, टिकापुर, चौरजहारी, टिकापुर, उदयपुरलगायतको हवाई सेवा विस्तारका लागि बजेट विनियोजन गरिएको छ ।
त्यसका लागि १२ अर्व २४ करोड बजेट बिनियोजन गरिएको छ । आगामी आर्थिक वर्ष २०७९/०८० लागि अर्थमन्त्री जनार्दन शर्माले उक्त बजेट विनियोजन गरेका हुन् ।