०२ साउन २०८३, शनिबार
बजेटमा नयाँ योजना

काठमाडौंबाट एक घण्टामै चितवन पुग्ने गरी फास्ट ट्रयाक बनाइने

काठमाडौंबाट एक घण्टामै चितवन पुग्ने गरी फास्ट ट्रयाक बनाइने

सरकारले काठमाडौंबाट चितवन एक घण्टामा पुग्ने गरी द्रुतमार्ग बनाउने कार्यक्रम बजेटमा समावेश गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्दै चन्द्रागिरी, चित्लाङ, पालुङ हुँदै चितवन पुग्ने गरी द्रुत मार्ग बनाउने योजना प्रस्तुत गरेका हुन् ।

यो द्रुत मार्ग पहिलो चरणमा विकास गरिने पनि शर्माले बताए ।

यसअघि काठमाडौंबाट धादिङ हुँदै चितवन जाने गरिएकोमा अब मकवानपुर हुँदै चितवन पुग्ने बाटो खोल्ने योजना अगाडि सारिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्