
नेपालभर इन्टरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाइवरनेटले बिराटनगरको तिनपैनी सह–वितरण शोरुम सञ्चालनमा ल्याएको छ ।
जेष्ठ १५ देखि डिशहोम फाइबरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो सोरुमको सञ्चालन ग्लोबल पावर पोइन्टले गर्नेछ ।
सो रुम समुद्घाटनमा डिशहोमका तर्फबाट पुर्वी क्षेत्रिय सेल्स म्यानेजर बिपिन्द्र न्यौपाने र सेल्स अफिसर शिब निरौलाको उपस्थिति रहेको थियो ।
डिलरका तर्फ बाटे अमिताभ महेश्वरीको लगाएत बिराटनगर महानगरपालिकाका 'डिलर दाई'हरुको उपस्थिती रहेको थियो ।
विगत लामो समय देखि डिश मिडिया नेटवर्कसँग सहकार्य गरी डिशहोमको डीटीएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएका ग्लोबल पावर पोइन्टले अब डिशहोम फाइबरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ सोरुममार्फत दिनेछ ।
२ हजार भन्दा धेरै ग्राहकलाई डिशहोम फाइबरनेटको सेवा उपलब्ध गराइसकेका ग्लोबल पावर पोइन्टले अब अझ बढी ग्राहकहरुको माझ पुग्नको लागि पनि यस नयाँ सोरुमले मदत गर्ने ग्लोबल पावर पोइन्टका सञ्चालक सुबास रिजालले जानकारी दिए ।