
अर्थमन्त्री जनार्दन शर्माले पेट्रोलियम पदार्थको मूल्य घटाउने बताएका छन् ।
संसदमा बजेट प्रस्तुत गरिसकेपछि अर्थमन्त्रीले बजेट वक्तव्य भन्दा बाहिरबाट आफ्नो अभिव्यक्ति राख्दै पेट्रोलियम पदार्थको मूल्य घटाउने बताएका हुन् ।
यसअघि विभिन्न परियोजनाको लागि भन्दै पेट्रोलियम पदार्थमा थपिएको कर बजेटमा निरन्तरता दिइएको छैन । त्यसले पनि पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटाउन सहयोग गर्नेछ ।