१२ साउन २०८३, मंगलबार

मुस्ताङमा भएको विमान दुर्घटनाप्रति प्रधानमन्त्री देउवाले गरे दुःख व्यक्त

मुस्ताङमा भएको विमान दुर्घटनाप्रति प्रधानमन्त्री देउवाले गरे दुःख व्यक्त

प्रधानमन्त्री शेरबहादुर देउवाले मुस्ताङमा भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । 

सोमवार सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनले दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गरे । साथै शोक सन्तप्त परिवारजनमा उनले समवेदनासमेत प्रकट गरेका छन् । 

‘पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको यात्रुवाहक जहाज दुर्घटनाग्रस्त हुँदा विमानमा सवार सबैको निधन भएको खबरले निकै दु:खी भएको छु,’ उनले लेखेका छन्, ‘यस अकल्पनीय दुर्घटनामा जीवन गुमाउनुहुने विमान चालक दलका सदस्य र यात्रुहरुप्रति हार्दिक श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दछु ।’

आइतवार पोखराबाट जोमसोमका लागि उडेको तारा एयर ९ एन–एईटी कलसाइनको ट्वीनअटर जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ को सानुसरे भन्ने ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । 

जहाजमा १३ जना नेपाली यात्रु, ६ जना विदेशी र ३ जना चालक दलसहित २२ जना सवार थिए ।

salt training

कमेन्ट गर्नुहोस्